-
कोकिला भण्डारी
धनकुटा । नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा धनकुटाको हिलेमा सम्पन्न भएको छ ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, नीति तथा कार्यक्रम लगायतका प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।
साथै, वित्तीय गतिविधिलाई थप सुदृढ बनाउने, संस्थाको विनियम संशोधन गर्ने तथा कर्जा कारोबार गर्ने सदस्यहरूका लागि कर्जा बीमा व्यवस्था लागू गर्ने प्रस्ताव पनि सभाले पारित गरेको सहकारीले जनाएको छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, बढी शेयर कित्ताधनी तथा उत्कृष्ट कर्जा कारोबार गर्ने सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । उत्कृष्ट कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूलाई पुरस्कारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
संस्थाका अध्यक्ष धिरेन्द्र थिङको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा जिल्ला बचत संघ धनकुटाका अध्यक्ष खेमनाथ घिमिरे लगायतको सहभागिता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले सहकारीलाई अगाडि बढाउन इमान्दारिता, पारदर्शिता र सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले सहकारी अभियानले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
News Desk 0 response आइतवार, पुस २७, २०८२
संस्थामा हाल १ हजार ४० जना शेयर सदस्य रहेका छन्। संस्थाको आर्थिक विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष योगेन्द्र शाहीले संस्थामा हाल ५ करोड ४८ लाख ९६ हजार १३२ रुपैयाँ ९४ पैसा निक्षेप, रु. ५६ लाख ७९ हजार रुपैयाँ शेयर पूँजी रहेको जानकारी दिए ।
त्यस्तै, संस्थाबाट रु. ५ करोड ३६ लाख ७१ हजार ८४५ रुपैयाँ निक्षेप फिर्ता गरिएको, रु. १ करोड ८८ लाख ७४ हजार ७९० रुपैयाँ कर्जा लगानी गरिएको र रु. २ करोड ५ लाख ५८ हजार ८८० रुपैयाँ कर्जा असुली भएको विवरण प्रस्तुत गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





