-
इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको २८औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक सेवामा निरन्तर योगदान पु¥याउँदै आएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै उपशाखाले मानवीय सेवाप्रतिको प्रतिबद्धता दोहो¥याएको छ ।
कार्यक्रममा संस्थाका कर्मचारी प्रकाश गिरी र रामप्रसाद आचार्यलाई दीर्घ सेवाका लागि दोसल्ला ओढाइ सम्मान गरिएको थियो। त्यसैगरी सामाजिक उत्तरदायित्व र सहकार्यको कदर गर्दै तालतलैया विकास तथा संरक्षण समिति, किसान कल्याण बचत तथा ऋण सहकारी संस्था, पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था, इटहरी खानेपानी उपभोक्ता संस्था तथा विश्व आदर्श एकेडेमीलाई पनि सम्मान गरिएको छ ।
सोही अवसरमा निवर्तमान अध्यक्ष विमल पौडेलले आफ्ना स्वर्गीय काका पुष्प पौडेलको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो। उक्त अक्षयकोष आगामी वर्षदेखि सुनसरी जिल्लामा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिलाई नगदसहित सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको उहाँले जानकारी दिनुभयो। यसले रक्तदान संस्कृतिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
News Desk 0 response आइतवार, पुस २७, २०८२
कार्यक्रममा यशस्कार सदस्य, विशिष्ट सदस्य तथा आजीवन सदस्यता प्रमाणपत्रसमेत वितरण गरिएको थियो, जसले सदस्यहरूमा थप उत्साह र अपनत्व बढाएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा रेडक्रसले विभिन्न समयमा विपन्न परिवारका विद्यार्थीहरुलाई स्वुटर वितरण, आपतकालिन अवस्थामा रक्तदान कार्यक्रम, विपद ब्यवस्थापन लगायतका विषयमा तालिम जस्ता कायृक्रमहरु संचालन गर्दै आएको प्रतिवेदन , आर्थिक वर्ष २०८१,८२ आर्थिक प्रगती विवरण प्रस्तुत गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति दिनेश भट्टराईको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा शिक्षाविद् लेखनाथ घिमिरे, इटहरी–३ का वडा अध्यक्ष उमेश सुवेदी, पूर्व सभापति रामचन्द्र अधिकारी, पूर्व नगर प्रमुख द्वारिकालाल चौधरीलगायत विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमले इटहरी क्षेत्रमा रेडक्रसको मानवीय सेवा अझ सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





