• विराटनगर । नेवाः मिसा पुच इटहरीले विराटनगरमा रहेको मानव सेवा आश्रममा आश्रित जेष्ठ आमाहरूलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष अत्यधिक चिसो बढेसँगै मानवीय सेवाको भावना सहित सहयोग कार्यक्रम आयोजना गरिएको हो ।
    कार्यक्रममा आश्रममा रहेका आमाहरूका लागि न्यानो कपडा, खाद्यान्न सामग्री वितरण गर्नुका साथै एक छाक खाजा समेत खुवाइएको नेवाः मिसा पुच इटहरीकी अध्यक्ष गंगा श्रेष्ठले जानकारी दिइन्। चिसो मौसमका कारण आश्रितहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको उनले बताइन् ।
    त्यसैगरी नेवाः मिसा पुचकी वरिष्ठ उपाध्यक्ष कौशल्या श्रेष्ठले संस्थाले सामाजिक सेवालाई प्राथमिकतामा राख्दै विभिन्न समयमा यस्ता मानवीय गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै मानव सेवा नै ठूलो धर्म हो भन्ने भावनाका साथ आश्रममा रहेका आमाहरूलाई चिसोमा केही राहत मिलोस् भनेर न्यानो कपडा र खाद्यान्न वितरण गरिएको बताइन नन्।

    वितरण कार्यक्रममा नेवा पुच इटहरीका अध्यक्ष कालीदास श्रेष्ठ, सल्लाहकारहरू शिला श्रेष्ठ, अमला श्रेष्ठ, पुष्पा श्रेष्ठलगायत नेवाः मिसा पुच तथा नेवा पुचका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले आश्रममा रहेका आमाहरूको अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
    कार्यक्रमपछि आश्रम परिवारले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक संस्थाहरूको सक्रियताले आश्रितहरूको जीवनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ। नेवाः मिसा पुच इटहरीले आगामी दिनमा पनि समुदाय केन्द्रित सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।

4565