-
इटहरी । इटहरी उपमहानगरपालिकाको सहयोग तथा स्थानीय उपभोक्ता समितिको सक्रियतामा ईलाका प्रहरी कार्यालय इटहरीको भवन पुनःस्थापना गरी हस्तान्तरण गरिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट ईलाका प्रहरी कार्यालय इटहरीको भवन पूर्णरुपमा ध्वस्त भएको थियो ।
कार्यालय ध्वस्त भएपछि विस्थापित बनेको प्रहरीको टोलीले झण्डै तीन महिना इटहरी–२० तरहराको चौकीबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको थियो ।
इटहरी उपमहानगरपालिका तथा विभिन्न संघसंस्था तथा व्यक्तिको पहलमा गठन गरिएको ईलाका प्रहरी कार्यालय भवन पुनःस्थापना सहयोग समिति मार्फत भवन मर्मत तथा न्यूनतम पूर्वाधार निर्माण गरिएको हो । इटहरी रंगशाला परिसरको ज्येष्ठ नागरिक र जिवन विज्ञानको भवनमा अन्य संरचनालाई मर्मत तथा पुनर्निर्माण गरी एक कार्यक्रम विच बुधबार हस्तान्तरण गरिएको छ।
उपभोक्ता समितिले कार्यालय प्रमुखको कार्यकक्ष, हिरासत कक्ष, आवश्यक गुणस्तरीय कोठा, प्रहरी ब्यारेक, भान्सा घर, शौचालय, खानेपानी तथा विद्युत् जडान, भण्डारण कक्ष, प्रतिक्षालय र मेलमिलाप केन्द्र लगायतका संरचना निर्माण तथा मर्मत गरिदिएका थिए ।
भवन मर्मत तथा निर्माण कार्यमा कुल ५३ लाख ३५ हजार ८०७ रुपैयाँ खर्च भएको उपभोक्ता समितिले जनाएको छ । पुनःस्थापना कार्यमा इटहरी उपमहानगरपालिकाबाट ४४ लाख ३७ हजार ५२ रुपैयाँ र उपभोक्ता समितिबाट ९ लाख ४३ हजार १२५ रुपैयाँ योगदान रहेको बताइएको छ ।
कठिन परिस्थितिमासमेत इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी, विभिन्न संघसंस्था, जनप्रतिनिधि तथा स्थानीयको सहयोगले निर्माण कार्य सहज रूपमा सम्पन्न भएको भवन पुनर्निर्माण सहयोग समितिका संयोजक सन्तबहादुर डुम्जनले बताए ।
कार्यक्रममा युवा व्यवसायी विनोद पौडेल संयोजकत्वको चारपांग्रे सवारी साधन सहयोग उपसमितिले प्रहरीका लागि एउटा बोलेरो गाडी समेत हस्तान्तरण गरेको छ ।
News Desk 0 response बुधबार, पुस २३, २०८२
सोही कार्यमा सहयोगी दाताहरुलाई प्रसंसा पत्रले सम्मान गरिएको थियो ।
इलाका प्रहरी कार्यलय इटहरी भवन पुनः स्थापना सहयोग समिति संयोजक, तथा ९ नं वडाध्यक्ष जितेन्द्र थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्मुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख संगीता कुमारी चौधरी, जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमूख जिल्ला अधिकारी वासुदेव घिमिरे,इटहरी उपमहानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराई, जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमूख प्रहरी उपरिक्षक केशव कुमार थेवे,इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक सुवाष हमाल लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





