• इटहरी । इटहरी जेसिजको ३८औँ पदस्थापन तथा इटहरी जुनियर जेसिजको २०औँ पदस्थापन एवं पुरस्कार वितरण कार्यक्रमसम्पन्न भएको छ ।
    मंसिर २१ गते भएको निर्वाचनबाट निर्वाचित तथा मानोयन गरेका पदाधिकारीहरु लाई पदस्थापन गरिएको हो ।
    इटहरी–४ स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा इटहरी जेसिज २०२६ का अध्यक्ष मिसन पराजुली तथा इटहरी जुनियर जेसिज २०२६ का अध्यक्ष ओमकार खतिवडाको औपचारिक पदस्थापन गरिएको छ। पदस्थापन समारोहसँगै विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
    इटहरी जेसिजको नयाँ कार्यकारिणी उपाध्यक्षमा गणेश नेपाल , प्रमोद घिमिरे ,उपाध्यक्षहरूमा विवेक घिमिरे, सुदिप सुवेदी, अभिषेक भण्डारी र श्वेच्छा श्रेष्ठ रहेका छन । त्यस्तै महासचिवमा टंकमणी न्यौपाने०रविनण् सचिवमा खगेन्द्र खड्का, कोषाध्यक्षमा मिलन न्यौपाने पदस्थापन गराएको छ । त्यस्तै तालिम निर्देशकको जिम्मेवारी सरोज कार्कीलाई दिइएको छ भने कानुनी सल्लाहकारमा प्रज्वल बस्नेत चयन भएका छन् ।

    बोर्ड सल्लाहकारहरूमा मिलन कार्की, सरोज चौलागाँई, अनुप पोख्रेल र सुमन साह रहेका छन् ।
    कार्यक्रममा सदस्यता वृद्धि संयोजक प्रदीप ढकाल तथा जुनियर जेसिज संयोजक प्रसान्त पोख्रेल रहेका थिए ।
    कार्यक्रममा अध्यक्ष मिसन पराजुलीले आगामी कार्यकाललाई ‘ऊर्जा, नवप्रवर्तन र एकताको आधारमा अघि बढाउने बताए ।
    उनले युवालाई संगठित गर्दै नेतृत्व विकास, सामाजिक सेवा लगायतका प्रभावकारी कार्यक्रम मार्फत इटहरी जेसिजलाई नयाँ पहिचान दिलाउने र जेसिजलाई समयानुकूल रूपान्तरण गर्दै सक्षम, सक्रिय र समुदायमुखी संस्थाका रूपमा स्थापित गर्ने अध्यक्ष पराजुलीले बताए ।

    समारोहमा वक्ताहरूले जेसिजले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवा सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वले अझ प्रभावकारी कार्यक्रम मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।
    कार्यक्रम २०२५ का अध्यक्ष देबेन्द्र कार्कीको अध्यक्षता तथा लिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहताको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे, प्राचार्य गणेशकुमार दुलाल, विभिन्न संघ–संस्थाका पदाधिकारी, इटहरी जेसिजका पूर्व अध्यक्षहरू तथा समाजका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

4565