-
बेलबारी । मोरङको बेलबारी नगरपालिका–५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनपाल गढी क्षेत्रमा श्रमदान कार्यक्रम मार्फत सरसफाइ गरिएको छ। प्रकृति, संस्कृति र प्रविधि” भन्ने नारा सहित श्रम संस्कृति पार्टी बेलबारी नगर कमिटीको आयोजनामा तेस्रो पटक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।
लामो समयदेखि झाडी र फोहोरले ढाकिएको धनपाल गढी क्षेत्र सरसफाइपछि खुला र आकर्षक बन्दै गएको छ। कार्यक्रमपछि स्थानीयवासी तथा बाहिरी क्षेत्रबाट आउने सर्वसाधारणले पिकनिक तथा घुमफिरका लागि यो स्थान रोज्न थालेका छन्। यसले धनपाल गढीको सम्भावना र महत्वलाई पुनः उजागर गरेको छ।
श्रम संस्कृति पार्टी बेलबारी नगर अध्यक्ष पर्वत राईले धनपाल गढी ऐतिहासिक तथा धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भए पनि लामो समयसम्म आझेलमा परेको बताए। पहिलो पटक सरसफाइ गरेपछि यहाँ पिकनिक खान आउनेको संख्या बढेको छ भने, अझै पनि सरोकारवाला निकायको ध्यान पर्याप्त पुगेको छैन।
उनले यो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पार्टीका प्रतिनिधि, स्थानीय युवा तथा स्वयंसेवकहरूको सहयोगमा श्रमदान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। साथै, अभियानलाई निरन्तरता दिँदै धनपाल गढीलाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको पनि अध्यक्ष राईले बताए।

धनपाल गढी ऐतिहासिक कथा, धार्मिक आस्था र प्राकृतिक सुन्दरताले भरिएको स्थान भएकाले उचित संरक्षण, पूर्वाधार विकास र प्रचार–प्रसार भएमा बेलबारी नगरपालिकाको मात्र नभई समग्र कोशी प्रदेशकै प्रमुख धार्मिक–पर्यटकीय क्षेत्र बन्न सक्ने देखिन्छ। प्रदेश सरकार र स्थानीय सरकारको सक्रिय चासो र लगानी भएमा यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
News Desk 0 response आइतवार, पुस १३, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





