• इटहरी । नेपाली सङ्गीत संस्कृतिभित्र ठाडो तथा ढिलो भाकाको संरक्षण र सम्वद्र्धनमा अतुलनीय योगदान पु¥याएकी अग्रज तथा वरिष्ठ गायिका धनमाया तामाङ्गको २१औँ स्मृति दिवस सन्दर्भमा विशेष कार्यक्रम सम्पन्न भएको छ।सङ्गीत इटहरी–२ स्थित साधना प्रतिष्ठान नेपालको सभा हलमा आयोजित कार्यक्रममा साङ्गीतिक प्रस्तुति गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो।
    कार्यक्रममा ठाडो र ढिलो भाकाका परम्परागत गीत–संगीत प्रस्तुत गरिँदै धनमाया तामाङ्गले नेपाली लोकसङ्गीतमा पु¥याएको योगदानको स्मरण गर्दै कलाकारहरूले उनको पुनर्जीवित गर्ने प्रयास स्वरूप मौलिक भाकाहरू प्रस्तुत गर्दा उपस्थित दर्शक भावुक बनेका थिए ।
    कार्यक्रमले लोकसङ्गीतप्रतिको रुचि बढाउनुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने सन्देश दिएको सहभागी नागरिक समाजका पुर्व अध्यक्ष सन्तबहादुर डुम्जनले बताए ।
    सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदिप रेग्मीले धनमाया तामाङ्ग नेपाली लोकसङ्गीतको अमूल्य धरोहर भएको उल्लेख गर्दै, उनको योगदान सधैं स्मरणीय रहने बताए । ठाडो र ढिलो भाका जस्ता मौलिक विधाहरूलाई संस्थागत रूपमा संरक्षण नगरे हराउँदै जाने खतरा रहेको भन्दै यस्ता स्मृति कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गरियो।
    कार्यक्रममाका प्रमुख अतिथि इटहरी उपमहानगर पालिका २ का अध्यक्ष माधव कोइरालाले स्थानीय कलाकारहरुको , सहभागीहरूले लोकसङ्गीतको जगेर्ना, अभिलेखीकरण र नयाँ पुस्तालाई मौलिक ,सास्कृतिक जगेर्ना हुने खालका प्रशिक्षण दिन आवश्यक रहेको बताए ।
    सङ्गीतप्रेमी, संस्कृतिकर्मी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। श्रद्धाञ्जली, साङ्गीतिक प्रस्तुति र अनुभव साटासाटसँगै सम्पन्न उक्त कार्यक्रमले धनमाया तामाङ्गको जीवन, साधना र योगदानलाई सम्मान गर्दै नेपाली लोकसङ्गीतप्रतिको प्रतिबद्धता अझ बलियो बनाएको आयोजकले जनाएका छन्।

4565