-
इटहरी । इटहरी स्थित नेपाली सेनाको सैनिक अस्पतालमा सप्ताहव्यापी निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
कोशी प्रदेशमा नेपाली सेनामा कार्यरत सैनिक तथा आश्रित परिबार, अवकाश प्राप्त सैनिकतथा परिवार जनलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो ।
सैनिक अस्पताल इटहरीका कमाण्डेन्ट प्रविधिक महासेनानी प्राध्यापक डाक्टर कुमार रोकाका अनुसार शिविरमा विशेषगरी मोतिया विन्दु रोगको परीक्षण तथा शल्यक्रियामा जोड दिइएको थियो । शिविरका लागिविरेन्द्र अस्पताल छाउनीबाट वरिष्ठ नेत्ररोगविशेषज्ञ प्रमुख सेनानी डाक्टर सचित ढकाल र सुविदार दिपेन्द्र थापासहितको विशेषज्ञ टोली इटहरी आएको थियो ।
गतमंसिर २८ गतेदेखि पुस ४ गतेसम्म सञ्चालन गरिएको शिविर अवधिमाकरिब २०० जनाको आँखाको परीक्षण गरिएकोमा ५१ जनाको निःशुल्कमोतियाविन्दुको सफलशल्यक्रिया गरिएको कमाण्डेन्ट रोकाले जानकारी दिए । आँखा सम्बन्धी विभिन्न समस्याबाट ग्रसित थप ७ जना सहित समेत गरी जम्मा ५८ जनाको शल्यक्रिया गरिएको उनले बताए ।
यस किसिमको सेवा इटहरीमै उपलब्धहुँदा सैनिकतथाउनका परिवारलाई काठमाडौंसम्म जानुपर्नेबाध्यता हटेको छ ।
आगामी दिनमा आँखा रोग मात्र नभई अन्य रोगका विशेषज्ञहरूलाई समेत इटहरीमै बोलाई सेवा विस्तार गर्ने योजना रहेको जानकारीे दिए ।
निःशुल्क आँखा शिविर कोशी प्रदेशको इटहरीमै सेवा पाउदा खुसि लगेको सेवाग्राही मान बहादुर तामाङले बताए ।
अर्का सेवाग्राहीले आँखा अप्रेसनगर्न काठमाण्डौ जानुपर्नेथियो नेपालीसेनाले इटहरीमै आँखा अप्रेसनभएर देख्नथाले पछी खुसि ब्यक्त गरे ।
शिविर सञ्चालन भइरहदाँ त्यसको अवलोकन गर्न नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरव कुमार केसी सैनिक अस्पताल इटहरी पुगेका थिए । उनले शिविरको प्रभावकारितार सेवाको प्रशंसा गर्दै निःशुल्क स्वास्थ्य सेवाले सैनिक तथा परिवारको जीवन स्तरमा सकारात्मक प्रभाव पारेको बताए ।

सोही अवसरमा उपरथी केसीले शिविरमा योगदान पु¥याउने वरिष्ठ नेत्र रोग विशेषज्ञ प्रमुख सेनानी डाक्टर सचित ढकाल र सुविदार दिपेन्द्र थापालाई सम्मान पत्र प्रदानगर्दै आभार व्यक्त गरेकाथिए।
News Desk 0 response शुक्रबार, पुस ४, २०८२
सैनिक स्वास्थ्य सेवाको पहुँच र विश्वास अझ मजबुत बनाएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





