-
इटहरी । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वलाई केन्द्रमा राखेर इटहरीमा आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । जनता बहुमुखी क्याम्पसको आयोजनामा पुस ५ गतेदेखि दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछ ।
जनता बहुमुखी क्याम्पसलाई पूर्वी नेपालको शैक्षिक हबको रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित आयोजना गरिएको सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर्ड स्पिच, एक समूह छलफल र एक कविता प्रस्तुति समावेश गरिएको छ । यस्तै, अन्तरक्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, विभिन्न विषयगत कार्यशाला तथा ८४ वटा कन्करेन्ट सेसन सञ्चालन हुने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
उनका अनुसार पहिलो दिन ४२ वटा अवधारणा पत्र र दोस्रो दिन ३५ वटा अवधारणा पत्रसहित विभिन्न अनुसन्धान प्रस्तुत गरिनेछन् ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा. महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डा. मिर्गेन्द्र कार्की, कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज, न्यूयोर्क (अमेरिका) का डा. प्रेम फ्याक तथा भारतको बाबा मस्तनाथ विश्वविद्यालयका पूर्व उपकुलपति प्रोफेसर एच.एल. वर्मा मुख्य वक्ताका रूपमा सहभागी हुने छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास केसीले पछिल्लो समय शिक्षामा भएको प्रगतिलाई संस्थागत गर्दै इटहरीलाई शैक्षिक हवका रूपमा स्थापित गर्ने लक्ष्य सहित अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन आयोजना गरिएको बताएका छन्।
News Desk 0 response बिहिबार, पुस ३, २०८२
जनता क्याम्पस मात्र नभई समग्र इटहरीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक नक्सामा चिनाउने उद्देश्य सहित दुई दिने सम्मेलन सञ्चालन हुने बताए ।
बाइट ः
सम्मेलनमा पाँच जना विदेशी विज्ञसहित नेपालका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाका १६ जना प्रतिष्ठित विद्वान् प्लेनरी स्पिकरका रूपमा रहनेछन् । तीमध्ये दुई जना जनता बहुमुखी क्याम्पसकै प्राध्यापक रहेका छन् । साथै, चार जना फिचर्ड स्पिकरमार्फत विषयगत गहिरो बहस हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमका लागि खानपान, आवास, स्वागत, तालिका, प्रचारप्रसार र आर्थिक व्यवस्थापनसम्बन्धी सबै समितिले आ–आफ्नो जिम्मेवारी पूरा गरिसकेको आयोजकले जनाएको छ । सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषाशिक्षणलगायत क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीतिनिर्माता र सरोकारवालाबीच अन्तरविषयक संवाद र सहकार्यलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
करिब ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको सम्मेलनका लागि सहभागीबाट प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क लिइनेछ । इटहरी उपमहानगरपालिकाले सात लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ भने अन्य स्थानीय तह, वडा कार्यालय तथा दाताबाट पनि उल्लेख्य सहयोग प्राप्त भइरहेको आयोजक समितिले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





