-
इटहरी । पूर्व क्षेत्रमै शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापका कारण परिचित विश्व आदर्श एकेडेमीले शुक्रबार विद्यालय परिसरमै विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न वैज्ञानिक उपकरण र प्रयोगहरू अभिभावकहरूका सामु प्रदर्शन गरेका थिए ।
कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी विद्यालयले सञ्चालन गर्दै आएको डिजि फेष्ट कार्यक्रममा ४८ वटा स्टलहरुमा विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा अभिभावकहरु लाई सहभागि गराएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका साधारण यन्त्र, चित्रकला, रासायनिक प्रतिक्रिया, ऊर्जा रूपान्तरण र वातावरणीय संरक्षणसम्बन्धी परियोजना प्रदर्शन गरेका थिए ।
साना बालबालिकाले समेत आत्मविश्वासपूर्वक आफ्ना सिर्जनात्मक प्रयोगहरूको व्याख्या गरेका थिए । यसले विद्यार्थीहरूको सोंच्ने, बुझ्ने र प्रस्तुत गर्ने क्षमतामा उल्लेखनीय सुधार आएको शिक्षकहरूले बताएका छन् ।
कार्यक्रममा उपस्थित अभिभावकहरू आफ्ना छोराछोरीले विद्यालयमा गरेको प्रयोगात्मक अभ्यास आफ्नै आँखाले हेर्न पाउँदा उत्साहित र गर्वित बनेका थिए । उनीहरूले अघिल्लो पुस्ताले अनुमानका भरमा मात्र अध्ययन गर्नुपर्ने अवस्था रहे पनि अहिलेका बालबालिकाले अभ्यासमार्फत विज्ञान बुझ्न पाउनु उल्लेखनीय प्रगति भएको बताएका थिए ।
विद्यालयकी शिक्षिका मनिषा बस्नेतका अनुसार विद्यार्थीलाई अझ प्रष्ट रूपमा बुझाउनका लागि तीन वर्षअघि कारखाना साइन्स कार्यक्रम सुरु गरिएको हो । पहिले सैद्धान्तिक रूपमा बुझ्न गाह्रो हुने कुरा अहिले विद्यार्थीहरूले आफैं प्रयोग गरेर बुझ्न थालेका छन्, जसले उनीहरूको आत्मविश्वास र जिज्ञासा बढाएको बताइन ।
News Desk 0 response शनिबार, मंसिर २७, २०८२
त्यस्तै, विद्यालयका भाइस प्रिन्सिपल मोहन प्रसाद निरौलाले विश्व आदर्श एकेडेमीले शिक्षण–अधिगममा नयाँ शैक्षिक सूत्र र विधिहरू अवलम्बन गर्दै आएको बताए । विद्यार्थीलाई सहज र रमाइलो वातावरणमा सिकाउने उद्देश्यले प्रायोगिक विधिहरू अपनाइएको हो, जसले उनीहरूको सोच्ने र बुझ्ने क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको पन जानकारी गराएका थिए ।
वि.सं. २०७४ सालदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्दै आएको विश्व आदर्श एकेडेमीले शैक्षिक र अतिरिक्त क्रियाकलाप दुबैमा समान जोड दिँदै आएको छ । विद्यालयले आगामी वर्षहरूमा अझ आधुनिक प्रयोगशाला र अनुसन्धान–केन्द्रित कार्यक्रम थप विस्तार गरी विद्यार्थीहरूलाई अझ सक्षम र व्यवहारिक ज्ञानयुक्त बनाउन अभिभावकहरुको पनी सहयोग रहदै आएको छ ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





