-
इटहरी । जिल्ला होटेल तथा पर्यटन व्यवसाय संघ सुनसरीको तेस्रो वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
इटहरीको पर्यटकिय क्षेत्र तालतलैयामा भएको कार्यक्रममा संघका अध्यक्ष तेजबहादुर पुरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले गत वर्ष सम्पन्न गरेका उल्लेखनीय गतिविधि तथा आगामी वर्षका योजनाबारे जानकारी गराएका थिए ।
प्रतिवेदनमा पर्यटन वर्ष २०८२ को सफलताका लागि गरिएको पूर्वतयारी, विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत माया घरमा १५५ असहायलाई भोजन वितरण, क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग, रगत कार्यक्रम संकलन जस्ता गतिविधिलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो ।
संघले विभिन्न संघ–संस्था तथा उद्योगी व्यवसायी सँग समन्वय गरी ५० जना भन्दा बढीलाई रोजगारी प्रदान गरिने अध्यक्ष पुरीले बताए ।
आगामी वर्षका लागि ‘घुमौं पूर्व’ अभियानलाई बलियो बनाउँदै पर्यटन वर्ष २०८२ लाई सफल बनाउन संघले प्रदेश, संघ तथा नेपाल पर्यटन बोर्डसँग नजिक समन्वय गर्ने योजना सार्वजनिक गरिएको अध्यक्ष पुरीले बताए ।
सोही अवसरमा उत्कृष्ट कार्यसमितिका दुुई सदस्य—सचिव माधव दाहाल र सदस्य घनश्याम पुरीलाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि तथा पर्यटन वर्ष २०८२ का सहसमन्वयक कृष्ण साहले संघले गरेको गतिविधि उदाहरणीय भएको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
संघका उपाध्यक्ष केशव गिरीको संयोजकत्वमा सम्पन्न कार्यक्रम विभिन्न डिस्टिलरी, उद्योग तथा संस्थाहरूको सहयोगमा सम्पन्न भएको थियो ।
News Desk 0 response बिहिबार, मंसिर २५, २०८२
कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रविन गौतम, कोशी प्रदेशका संस्थापक अध्यक्ष मणिन्द्र बहादुर कटवाल, मिसा पुच इटहरीकी वरिष्ठ उपाध्यक्ष कौशल्या श्रेष्ठ, डिएसपी सुभाष हमाल लगायतको उपस्थिति थियो ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





