-
इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब अफ इटहरी स्मार्ट सिटीले नयाँ कार्यकाल २०२५÷२६ का पदाधिकारीहरूको पदस्थापन समारोह धुमधामका साथ सम्पन्न गरेका छन्। इटहरी–६ स्थित दुर्गा पाटी प्यालेसमा आयोजित समारोह क्लबकी अध्यक्ष रन्जना शर्माको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा लायन्स क्लबका ४० सदस्य तथा लियो क्लब अध्यक्ष सुरेन्द्र थापाको कार्यसमितिलाई समेत औपचारिक रूपमा पदस्थापन गरिएको थियो ।
नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष अमिसा तिम्सिना, द्वितीय उपाध्यक्ष घनश्याम पाठक, तृतीय उपाध्यक्ष पुष्पा अधिकारी, कोषाध्यक्ष सुभाष गौतम, सचिव मनिषा ढकाल ओली तथा सहसचिव दीपक खतिवडा लगायतले महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।
प्रमुख अतिथि बबरजंग थापाले पदाधिकारीहरूलाई पिन हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमकै अवसरमा क्लबकी अध्यक्ष रन्जना शर्माले पठन–पाठन तथा स्काउटमार्फत शिक्षा र सामाजिक चेतनामा मार्गदर्शन गराउर्दै आएका गुरु अमृत प्रसाद आचार्य र महेन्द्र कुमार इजमलाई दोसल्ला ओढाइ सम्मानपत्रले सम्मान गरिएको छ ।
नयाँ नेतृत्वसँगै क्लबले शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक सेवा क्षेत्रमा प्रभावकारी कार्यक्रम मार्फत समुदायमैत्री अभियानलाई अझ विस्तार गर्ने लक्ष्य राखेको अध्यक्ष शर्माले बताइन ।
उनले चार महिनाको अन्तरालमा रक्तदान,स्टेसनरी वितरण लगायतका कार्यक्रमहरु गरिएको जनाएको छ ।
News Desk 0 response बिहिबार, मंसिर २५, २०८२
कार्यक्रम २०२४÷२५ का अध्यक्ष भुपाल भट्टराईको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रथम महिला रञ्जना पोखरेल, दोस्रो शताब्दी राजदूत इन्द्र खत्री राजन, निवर्तमान जिल्ला गभर्नर विकास अधिकारी, दोस्रो उपजिल्ला गभर्नर रमेश खत्री, धिरज गुरुङलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता उल्लेखनीय रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





