-
इटहरी । सरसफाइ तथा सामाजिक सेवामा सक्रिय बुल्स एलेभेन क्लबका उपाध्यक्ष तथा समाजसेवी रामु राईले आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउँदै जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् ।
मंगलबार सेराजिम इटहरी सेन्टरमा बसेर सेवा लिइरहेका १० जना जेष्ठ नागरिकलाई उनीले हाइनेक सुइटर प्रदान गर्दै जन्मदिन मनाएका हुन ।
राईले जन्मदिनलाई भड्किलो खर्चमा सीमित नमानी समाजका लागि उपयोगी कार्य गरेर मनाउनुपर्ने सन्देश दिन आफूले यस्तो पहल गरेको बताए । जाडो मौसम सुरु भएसँगै जेष्ठ नागरिकलाई न्यानो कपडाको आवश्यकता हुने भएकाले सुइटर वितरणले केही राहत मिल्ने विश्वास उनले व्यक्त गरे ।
बुल्स एलेभेन क्लबका उपाध्यक्ष रहेका राई विगत धेरै वर्षदेखि सरसफाइ अभियान, वृक्षरोपण, जनचेतना कार्यक्रम लगायतका सामाजिक कार्यमा निरन्तर लाग्दै आएका छन् ।
News Desk 0 response मङ्लबार, मंसिर २३, २०८२
समाजसेवामा निरन्तरता दिन आफू प्रेरित भएको बताउँदै उनले आगामी दिनमा यस्ता सहयोगमूलक कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाए ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३