-
इटहरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले सञ्चालन गरेको २५ दिने निःशुल्क बारिष्टा तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड, एनटिभी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (ग्ल्म्ए) को सहयोगमा गरिएको यो तालिमले होटल तथा पर्यटन क्षेत्रमा युवाहरूको रोजगारी अभिवृद्धि तथा पर्यटकमैत्री सेवामा योगदान पु¥याउने उद्देश्य लिएको थियो ।
इटहरीस्थित त्रियुगा होटलमा आयोजित समापन कार्यक्रमका प्रमुख वक्ता माछापुछ्रे बैंक विराटचोकका शाखा प्रमुख हिमाल रिजालले व्यवसायिक कर्जा, विद्यार्थी कर्जा लगायत बैंकको सेवाबारे प्रस्तुति दिए। कार्यक्रमकै अवसरमा प्रशिक्षार्थीहरूले पछिल्लो समय माग बढिरहेको कफी व्यवसाय तथा होटल व्यवस्थापनको व्यावहारिक ज्ञान हासिल गरेका बताए ।
संघका अध्यक्ष तेजबहादुर पुरीले सीमित रोजगारीको अवसरका बीच यस्ता सीपमूलक तालिमले युवालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा एडभान्स बारिष्टा तालिम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले हालैको तालिमबाट प्रशिक्षित १० जनाभन्दा बढी युवालाई रोजगारीमै योगदान दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
समापन समारोहका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका प्रवक्ता तथा वडा नं–६ का अध्यक्ष दिवस पोखरेलले सीपमूलक तालिमले युवालाई दक्ष, प्रतिस्पर्धात्मक र आत्मविश्वासी बनाउन सहयोग पु¥याउने बताए। पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सेवा–उन्मुख बनाउन स्थानीय तह निरन्तर साथमा रहने आश्वासन पनि उनले दिए ।
News Desk 0 response सोमवार, मंसिर २२, २०८२
कार्यक्रममा सहभागी ३५ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष केशव गिरीले २५ दिने तालिमले आधुनिक होटल व्यवसायमा आवश्यक व्यावहारिक सीप प्रदान गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि संघले यी किसिमका तालिमलाई निरन्तरता दिने बताए ।
समापन कार्यक्रम संघका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षता तथा प्रमुख अतिथि दिवस पोखरेलको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नाटा कोशी प्रदेश अध्यक्ष पुन्यप्रसाद भट्टराई, माछापुछ्रे बैंक कोशी प्रदेश प्रमुख हरी एरे, नेपाल पर्यटन बोर्डका धर्म दवाडी तथा संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





