-
इटहरी । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको आइडिबी ग्लोबल इटहरीले ‘ग्राण्ड युरोप एड्मिसन डे’ नामक बृहत शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
आइडिबी ग्लोबल इटहरीको आयोजमा आगामी मंङ्सिर १९ गते शुक्रबार इटहरी स्थित होटल स्काई डिलक्समा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला सञ्चालन हुने भएको हो । कक्षा १२ उत्तिर्ण गरेका, ब्याचलर, मास्टर अध्ययन गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई युरोपका विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा आइडिबी ग्लोबल इटहरीका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाताहरुद्वारा करियर काउन्सेलिङसँगै अबोर्ड स्टडीका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा पनि हुनेछ, यस पटकको शैक्षिक मेलालाई वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, शैक्षिक छात्रवृति, मेला स्थलमै भर्ना ,विभिन्न बैँकले उपलब्ध गराउने शैक्षिक ऋण, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहनसहन, हावापानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो हुने आइडिबी ग्लोबल इटहरी शाखाका प्रबन्धक तिलक पराजुलीले जानकारी दिए।आयोजक संस्थाका अनुसार यस शैक्षिक मेलामा फिनल्याण्ड, स्विडेन, नेदरल्याण्ड,जर्मनी, स्पेन, युके लगायतका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ, जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक तथा आर्थिक अवस्थाका बारेमा परामर्श गर्नेछन् । त्यस्तै यो मेलामा विद्यार्थीका लागि राम्रो शैक्षिक गन्तव्य छनोट गर्न, विश्वविद्यालयका बारे बुझि आगामी शैक्षिक गन्तव्य मुलुक छनोट गर्न स्वणिम अवसर हुने स्ंस्थाका एक प्रतिनिधीले जानकारी दिए।
उच्च शिक्षा अध्ययनका निम्ति विदेश जान चाहने सबै विद्यार्थीको रोजाईमा पर्ने आइडिबी ग्लोबलका देशभर १६५ बढी पार्टनर कन्सलटेन्ट रहेका छन्। त्यसमा पनि कोशी प्रदेशमा रहेका ५० भन्दा बढी पार्टनर कन्सलटेन्टको उपस्थिति रहने जानकारी दिइयो।
News Desk 0 response बुधबार, मंसिर १७, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





