-
इटहरी । परोपकार सेवा संस्थाले भवन तथा शिवालय मन्दिर निर्माणका लागि मंसिर २० गतेदेखि २६ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ इटहरी–४, पाँचधारे चोकमा आयोजना गर्न लागेको छ । कार्यक्रमको विस्तृत जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्थाले महायज्ञका उद्देश्य, महत्व र तयारिबारे जानकारी गराएको हो ।
मंसिर २० गते बिहान नगरपरिक्रमा सहितको कलश शोभायात्रा र उद्घाटन कार्यक्रमसँगै महायज्ञको शुभारम्भ गरिनेछ । प्रत्येक दिन बिहान ६ः०० बजे आरती, महात्म्य, पाठ प्रवचन तथा भजन–कीर्तन हुनेछ भने बेलुका ५ः०० बजेसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।
दैनिक झाँकी, भक्तिमय संगीत, पवित्र मन्त्रोच्चारण तथा सांस्कृतिक प्रस्तुतिले महायज्ञ स्थललाई श्रद्धा र भक्ति–रसले भरिने बताइएको छ । मंसिर २६ गते विशेष समापन समारोहका साथ कार्यक्रम सम्पन्न हुनेछ ।
सल्लाहकार समिति अध्यक्ष रमेश खत्रीले परोपकार सेवा संस्था स्थापना भएदेखि नै धर्मको रक्षा, समाजसेवा र सांस्कृतिक संरक्षणमा सक्रिय रहँदै आएको उल्लेख गर्दै, सस्थाले वर्षौंदेखि विभिन्न सामाजिक कार्यक्रम, सहयोग र धार्मिक गतिविधिहरू गर्दै सामाजिक एकता र सेवा भावनाको परम्परा जोगाउँदै आएको बताए ।
परोपकार सेवा संस्थाका अध्यक्ष धात्री प्रसाद घिमिरेले १७ धुर जग्गा दाता मार्फत प्राप्त भएको स्थानमा संस्था भवन तथा शिवालय निर्माण गर्ने लक्ष्य सहित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गनृ लागेको बताए ।
News Desk 0 response मङ्लबार, मंसिर १६, २०८२
उनले समुदायको सहयोग र विश्वासले नै यो पवित्र अभियान सम्भव हुने भएकाले महायज्ञमा सहभागिहुन अनुरोध गरेका छन ।
त्यसैगरी सस्थाकी कोषाध्यक्ष रिता राउतले भक्तजनका सुविधा, सुरक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्पूर्ण तयारी पूरा गरिएको र महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज पहुँच र व्यवस्थापनका विशेष प्रबन्ध गरिएको जानकारी दिइन ।
महायज्ञमा प्रमुख वाचक युवा पण्डित शिरोमणी धात्री प्रसाद घिमिरेबाट कथा प्रवचन तथा प्रखर युवा पण्डित बाबुराम नेपालबाट संस्कृत देववाणी पाठ पारायण हुनेछ । सात दिनसम्म निरन्तर चल्ने यस आध्यात्मिक अनुष्ठानमा गाउँ, टोल, वडा, नगर र जिल्लाका सबै धर्मानुरागी भक्तजनलाई तन, मन, धन, वचन र कर्मले सहभागी भई कथा श्रवण गरी पुण्य आर्जन गर्न संस्थाले हार्दिक अपील गरेको छ ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





