• इटहरीमा अन्तर्राष्ट्रिय शैक्षिक भेला स् पूर्वलाई ‘एजुकेशन हब’ बनाउने ठोस अभियान

    इटहरी । पूर्वाञ्चललाई शैक्षिक गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित इटहरीमा पुस ५ र ६ गते आयोजना हुने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तीव्र पारेको छ ।
    जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गते सम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

    देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुसन्धान प्रतिष्ठान, उच्चशिक्षाका सरोकारवाला संस्था, प्राध्यापक, योजनविद तथा वौद्धिक व्यक्तित्वहरूबाट अवधारणापत्रको सारांश माग गरिएको थियो । जसअनुसार निर्धारित सम्ममा ती अवधारणापत्रको सारांश प्राप्त भएको सहायक क्याम्पस प्रमुख तथा सम्मेलन निर्देशक इन्द्रप्रसाद प्याकुरेलले बताए ।

    उनका अनुसार क्याम्पसले वृहत्तर क्षेत्र ओगट्ने गरी खास खास विषयमा अन्तर्राष्ट्रिय स्तरको भेला, सम्मेलन र कार्यशाला गरी ज्ञानको संकलन, प्रतिपादन र विस्तार गर्नु अतिआवश्यक भए अनुसार कार्यक्रम गर्न लागिएको हो ।

    कार्यक्रममा मुख्य नोट स्पिकरको रुपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्यूयोर्क अमेरिकाका डाक्टर प्रेम फ्याक सहभागी हुनेछन् । यस्तै, मुख्य नोट स्पिकरकै रुपमा बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा र रिइलियो क्षेत्रीय अंग्रेजी भाषा कार्यालय अमेरिकी दूतावासका रोजर एफ. कोहेन सहभागि हुने तय भएको छ ।

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीले सम्मेलनलले इटहरी लाई शैक्षिक हबको रुपमा चिनाउने उदेश्यले कार्यक्रम गर्न कम्तीमा ३५ लाख रुपैयाँ खर्च हुने बताए ।

    कार्यक्रममा माहिडोल विश्वविद्यालय बैंकक, थाईल्यान्ड डेभिड डी. पेरोडिन, सहायक प्राध्यापक तथा विद्यालय प्रमुख प्राविधिक अध्ययन काठमाडौंका भोजराज घिमिरे, डिग्री क्याम्पस विराटनगरकी बन्दना जैन, महेन्द्र रत्न क्याम्पसका बलराम अधिकारी, उलन्स स्कूलका प्रधानाध्यापक मेडिन लामिछाने र नीति अनुसन्धान संस्थान नारायणहिटीका निरञ्जन देवकोटा पेलेनरी स्पिकरको रुपमा प्रस्तुतीकरण गर्ने छन् ।

    कार्यक्रममा विभिन्न विश्वविद्यालय, क्याम्पस र उच्चशिक्षाका सरोकारवाला संस्थाका प्राध्यापक, शिक्षक र शैक्षिक व्यक्तित्व समेत गरी न्यूनतम पाँच सय जना सहभागी हुने अपेक्षा गरिएको छ ।

    सम्मेलनका लागि इटहरी उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलनमा बताए । उनले सम्मेलनले इटहरीको शैक्षिक एतिहासको इज्जत, प्रतिष्ठा र गरिमा बढाउने बताए ।

    विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ कोशी र मधेश प्रदेशका विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।

4565