• इटहरी । पाथीभरा इग्लिस बोर्डिङ स्कूलले सामुदायिक सेवा कार्यक्रम अन्तर्गत इटहरी–१० स्थित मोनमोहन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा, स्टेशनरी र खेदकुद सामग्री वितरण गरेको छ ।
    निजी तथा सामुदायिक विद्यालयबीच सहकार्य बढाउँदै समाजप्रति जिम्मेवारीबोध जगाउने र विद्यार्थीको सहयोगी भावना विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरु गर्दै आएको हो ।
    जाडो बढेसँगै विद्यार्थीहरूलाई आवश्यक सामग्री उपलव्ध गराउदै आएको पाथीभरा इग्लिस बोर्डिङ स्कूल व्यवस्थापन समिति अध्यक्ष निर्मल कुमार रिजालले प्रत्येक शुक्रबार विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधि गर्दै आएको बताए ।
    उनले सामुदायिक सेवा अन्तरगत आज ६ र ७ कक्षाका विद्यार्थीहरूलाई ल्याएर सामुदायिक विद्यालयसँग सहकार्य गर्दै यसले विद्यार्थीहरूमा समाजप्रतिको दायित्वबोध थप मजबुत बनाउने छ । मोनमोहनका विद्यार्थीहरूले पनि केही नयाँ सिकून भन्ने आशयले विद्यार्थीहरुलाई सहभागि गराउदे आएको बताए । रिजालले आगामी दिनमा पनि सामुदायिक विद्यालयसँगको सहकार्य निरन्तर रहने स्पष्ट पारे ।

    कार्यक्रमका प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत द्रोण प्रसाद दाहालले पाथीभरा अंग्रेजी बोर्डिङ स्कूलले समुदायमा देखाएको योगदान प्रशंसनीय रहेको बताए । “निजी विद्यालयले सामुदायिक विद्यालय र समुदायका लागि गरेका यस्ता कार्यक्रम उदाहरणीय छन्। यसले अन्य विद्यालयलाई पनि सामुदायिक शिक्षामा सक्रिय हुन प्रेरित गर्छ,” उनले यस्ता गतिविधिले विद्यार्थीबीच ज्ञान, सीप, व्यवहार र सहकार्य संस्कृतिको आदान–प्रदानलाई मजबुत बनाउन मद्दत गर्ने बताए ।
    त्यस्तै, मोनमोहन आधारभूत विद्यालयका प्रधानाध्यापक भिम बहादुर बस्नेतले जाडो बढ्दै जाँदा विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै पाथीभरा स्कुलको सहयोगले विद्यार्थीहरूमा आत्मविश्वास र उत्साह बढेको बताए ।

    “विद्यार्थीहरूको सिकाइ वातावरणमा यस्ता सहयोगहरूले प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने पनी बस्नेतले बताए ।
    कार्यक्रममा पाथीभरा अंग्रेजी बोर्डिङ स्कूलका विद्यार्थीहरूले आफ्नो अनुभव, सीप र सिकाइ मोनमोहनका विद्यार्थीहरूसँग आदान–प्रदान गर्दै । उनीहरूले विभिन्न रमाइला खेलहरू खेलेर मैत्रीपूर्ण वातावरणमा प्रतिस्पर्धा गराए तथा खेल विजेताहरूलाई पुरस्कार समेत वितरण गरियो ।
    गतवर्ष इटहरी ३ मा रहेको रहेको सिहंबाहिनी आधाभुत विद्यालयमा अधयनरत १३० जना विद्यार्थीहरुलाई स्वीटर,स्टेसनरी वितणर गरेको जानकारी दिए । पाथीभरा विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
    प्रधानाध्यापक बस्नेतको अध्यक्षतामा भएका कार्यक्रममा पाथीभरा अंग्रेजी बोर्डिङ स्कूलकी सञ्चालक चण्डीका भण्डारी तथा शिक्षक–कर्मचारीको सहभागिता रहेको थियो ।

4565