• इटहरी । राष्ट्रिय शैक्षिक परामर्श संघ नेपाल नेकाको आयोजनामा इटहरी स्थित स्काइ लक्स होटलमा एक दिने आईडिपी,आयल्स मास्टरक्लास सम्पनन गरेको छ ।
    आईडिपी,आयल्सको सहकार्यमा भएको तालिममा विदेश अध्ययनका लागि आवश्यक अंग्रेजी भाषिक दक्षता परीक्षणबारे स्पष्ट जानकारी प्रदान गर्ने उद्देश्यका साथ राष्ट्रिय शैक्षिक परामर्शमा अबद्ध कोशी प्रदेशका ३५ जना आयल्स शिक्षकहरूको सहभागिता रहेको थियो ।
    तालिममा आईडिपी,आयल्सका दक्ष प्रशिक्षकले आयल्स परीक्षणका चारै विधा—लिस्निङ, रिडिङ, राइटिङ र स्पिकिङ लगायतका विषयमा विस्तृत प्राविधिक जानकारी प्रस्तुत गरेका थिए ।
    सहभागीहरूले आयल्समा प्रयोग हुने मूल्याङ्कन विधि, नवीनतम अपडेट, उच्च स्कोर प्राप्त गर्न आवश्यक रणनीति तथा विद्यार्थीहरूलाई परामर्श दिने क्रममा अपनाउनुपर्ने व्यावसायिक कार्य प्रणालीबारे प्रशिक्षण गराएका थिए ।

    नेका कोशी प्रदेशका अध्यक्ष सन्तोष राईले आयल्स जस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षणबारे परामर्शदाता र शिक्षक दुवै वर्गले समयानुकूल अद्यावधिक ज्ञान राख्न आवश्यक रहेको हुदा यो तालिम आवश्यक रहेको बताए ।
    नेका कोशी प्रदेशका तालिम संयोजक चन्दन माझीले शिक्षकहरूलाई आयल्स परीक्षणको संरचना, आवश्यक तयारी प्रक्रिया र विद्यार्थीलाई मार्गदर्शन गर्ने परीक्षमा विद्यँर्थीहरुका माक्स राम्रो आउछ भनेर एकदिने तालिमको आयोजना गरेको बताए ।

    सहभागी सदस्य शिक्षकहरूले पनि आफ्ना अनुभव, जिज्ञासा र कक्षा–कक्षामा आयल्स तयारीका लागि अपनाइने प्रभावकारी उपायहरूका विषयमा जानकारी गराएको नेका कोही प्रदेशका सचिव नरेन्द्र दंगालले जानकारी गराए ।
    तालिम समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । नेका इटहरीले आगामी दिनमा पनि परामर्शदाता तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने यस्ता तालिमहरू निरन्तर आयोजना गर्ने गर्दै जना पनी जानकारी गराए ।

4565