-
सुनसरी । रामधुनी नगरपालिका–७ मा गणेश मन्दिर निर्माण तथा रत्नेश्वर शिवालय मन्दिर उद्धारार्थ श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ विशेष धार्मिक अनुष्ठान सहित मंसिर १८ गतेदेखि २५ गते सम्म आयोजना हुने भएको छ ।
रानीपोखरी महिला समूह, रामधुनी–७ को आयोजनामा हुने आठदिने कार्यक्रम धर्मगुरु श्रीनिवासाचार्यजी महाराजको मुखारबिन्दुबाट संगीतमय शैलीमा कथा प्रवचन र राजेश कोइरालाद्वारा भागवत पाठ पारायण सहित संचालन हुने कार्यक्रम स्थलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
१८ गते कलश यात्रा १९ गते देखि कथा आरम्भ गर्दै कलाकारहरुद्धारा भजन किर्तन,झाकी,देवालिला,तुला दान, २४ गते साँझ लक्ष्यवर्ती दिप प्रज्वलन र २५ गते भागवत तिलार्चन र पुर्णाहुती सहित समापन गरिने छ ।
यस वर्षको अनुष्ठान विशेष रूपमा गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा दिवंगत भएका आत्माहरूको वैकुण्ठवासनको कामना गर्दै श्रद्धाञ्जलि मूलक अनुष्ठान गरिने पनी आयोजकले जनाएको छ ।
रानीपोखरी महिला समूहकी अध्यक्ष रेनुका पौडेलले महिला समुहले पनी यो क्षेत्रका लागी केहि गर्न पर्छ भनेर गणेश मन्दिर स्थापना गरि पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्ने उदेश्य सहित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको बताइन यनले स्थानिय सरकार र प्रदेश सरकारको सहयोग भए चिल्डेन पार्क सहितको पर्यटकिय विकास हुने पनी बताइ ।
पुराण ब्यवस्थापन समितिका अध्यक्ष सरोज गिरीले यो रामधुनी ७ मा रहेको धे्रै पुरानो किमदन्ती रहेको रानीपोखरी लाई धार्मिक पर्यटकिय स्थल ओझेमा परेकाले चिनाउने र पौणानिक महत्व सहित गणेश मन्दिर स्थापना गरि रत्नेश्वर शिवालय,मनोकाना मन्दिर रहेको हुदा धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले लाइउदेश्यले महायज्ञ संचालन गर्न लागको बताए ।
News Desk 0 response सोमवार, मंसिर ८, २०८२
भक्तजनबाट प्राप्त हुने दान–दक्षिणाका लागि आकर्षक श्रेणीगत व्यवस्था तय गरिएको छ ।
१ देखि ५ सय सम्म दान दानपेटिका मार्फत संकलन गरिने छ। ५०५ देखि २,५ सय सम्मको दान रसिद सहित ग्रहण गरिने र दाताको नाम कथा मञ्चमै वाचन गरिने २,५०१ देखि १०,हजार सम्मको दान गर्ने भक्तजनहरुलाई प्रमाण पत्र सहित व्यासपीठ बाट सम्मान प्रदान गरिने छ ।
यस्तै, १०,हजार १ देखि २५,हजार सम्म योगदान गर्नेहरूका परिवारका एक सदस्यको नाम मन्दिर परिसरमा निर्माण गरिने सिलालेखमा अंकित गरिने छ भने २५,हजार १ भन्दा माथि सहयोग गर्ने भक्तजनका दुई जना सम्मका नाम सिलालेखमा राख्ने र साथै पञ्चेबाजा सहित सभा नायकको सम्मान गरिने विशेष व्यवस्था पनि मिलाइएको छ। आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम अवधिभर इच्छुक भक्तजनका लागि तुलादानको व्यवस्था रहनेछ, जसलाई गुरुदेवले विधिपूर्वक सम्पन्न गरिदिने छन् ।
धार्मिक आस्था, सांस्कृतिक संरक्षण र समाजसेवाको समिश्रण गर्ने यो भव्य आयोजनाले रामधुनी क्षेत्रको धार्मिक पहिचान अझ व्यापक बनाउने विश्वास गरिएको हो । धार्मिक महत्त्व सहित सामाजिक एकता र सहयोगको सन्देश फैलाउने उद्देश्यले कार्यक्रमलाई स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





