• धरान । नेपाल सरकारबाट निवृत्त भएका विभिन्न शाखाका पूर्व कर्मचारीहरूको भेलाले नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ १७ नम्बर वडा समिति गठन गरेको छ। धरान–१७ स्थित पुरानो वडा कार्यालयमा आयोजित भेलामा जसभद्र राईको अध्यक्षतामा ११ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
    गठित कार्यसमितिमा उपाध्यक्षमा चन्द्र बहादुर राई, सचिवमा धनबहादुर तामाङ, सह–सचिवमा डम्बर बहादुर राई, कोषाध्यक्षमा विमला राई चयन गरिएको छ। त्यस्तै सदस्यहरूमा बम बहादुर तामाङ, मणी राई, जुना तामाङ, जीवन राई, रेखा राई र जगत श्रेष्ठ रहेका छन् । संघ इटहरीका सचिव राजु गौतमले सर्वसम्वत चयन भएको जानकारी दिएका छन्।

    नव निर्वाचित अध्यक्ष जसभद्र राईले निवृत्त कर्मचारीहरूको साझा मञ्चका रूपमा स्थापित यस समितिसँग अब १७ नम्बर वडामा संगठित रूपमा नेतृत्व, संरक्षण र सेवा प्रवाहमा सक्रिय भूमिका खेलेर समुदायमैत्री वातावरणमा निवृत्त कर्मचारीहरूको हकहित संरक्षण, सामाजिक सुरक्षा, स्वास्थ्य उपचारमा सहज पहुँच लगायतका कामहरु सञ्चालन गर्ने बताए ।
    कार्यक्रम धरान उपमहानगरपालिका–१७ की वडा सदस्य लक्ष्मी विश्वकर्माको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघका केन्द्रीय अध्यक्ष मछिन्द्र तामाङ, महासचिव कुमार श्रेष्ठ, इटहरी कार्यसमितिका अध्यक्ष कृष्ण नेपाल लगायतका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

4565