-
इटहरी । आन्तरिक राजस्व कार्यालय, इटहरीले चौधौँ राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा करदाता सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।
प्रत्येक वर्ष मंसिर १ गते कर दिवस मनाउदै आएकामा यस वर्ष पनी इटहरी क्षेत्रमा उकृष्ट कर तिर्ने तिनजान ब्यवसायी ब्यवसायीहरुलाई विभिन्न विधामा सम्मान गर्दै मनाउको हो ।
उद्योग वाण्ज्यि संघको सभाहलमा भएको कार्यक्रममा सम्मानित हुनेहरुमा व्यापार विधा तर्फ सबैभन्दा बढी राजस्व आयकर दाखिला गरी सम्मानित हुने औषधीको थोक विक्रेता नवरत्न मेडिसिन प्राइभेट लिमिटेडका सञ्चालक द्धय सन्तोष सुवेदी र रविन्द्र घिमिरलाई सम्मान गरिएको छ ।
त्यसैगरी सेवा तर्फ शैक्षिक क्षेत्रमा तिन हजार बढी विद्यार्थीहरु अध्यपन गराउदै आएको विश्व आदर्श एकेडेमीलाई सबै भन्दा बढी कर तिरेको भन्दै एकेडेमीका प्राचार्य गणेश कुमार दुलाल सम्मान गरेको छ ।
भने उधोग तर्फ अन्नपुर्ण जुत्ता चप्पल उधोग प्रालि लाई कार्यक्रममा सम्मान गरिएको थियो ।
विश्व आदर्श एकेडेमीका प्राचार्य दुलालले निरन्तर तेस्रो पटकसम्म सम्मानित हुन पाउनु गर्वको विषय भएको बताए। उनले पारदर्शी र इमान्दार व्यवसायिक अभ्यासले मात्र करदाताको प्रतिष्ठा बढ्ने उल्लेख गर्दै निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको सबभन्दा बलियो आधार भएको बताए ।
जिडिपीमा करिब ८० प्रतिशत योगदान निजी क्षेत्रकै भए पनि निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण अझै परिवर्तन हुनुपर्ने उनको भनाइ थियो ।
उनका अनुसार हालको जेनजी आन्दोलनले सिर्जिएको वातावरण ले निजी क्षेत्रलाई केही हदसम्म निरुत्साहित पारेको छ। उनले निजी क्षेत्रलाई साथमा लिएर मात्र राष्ट्र निर्माणको मार्ग अघि बढ्न सकिने बताउँदै दीर्घकालीन कर प्रशासन तथा नीतिगत स्थिरतामा जोड दिए ।
त्यस्तै अर्का सम्मानित नवरत्न मेडिसिनका सञ्चालक सन्तोष सुवेदीले कर दिवसमा सम्मान पाउनु आफू समेत सम्पूर्ण व्यवसायी समुदायका लागि गर्वको विषय रहेको बताए।
News Desk 0 response मङ्लबार, मंसिर २, २०८२
हामीले व्यापार–व्यवसाय मार्फत कमाएको आम्दानीबाट सरकारलाई तिरेको करको यथोचित मूल्यांकन भएको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
सुवेदीले व्यवसायीहरूले पारदर्शी हिसाब–किताब राखी समयमै कर तिरिरहेको अवस्थामा यस्तो सम्मान कार्यक्रमले व्यवसायीहरूमा थप ऊर्जा, प्रेरणा र जिम्मेवारीबोध वाढाउने विश्वास व्यक्त गरे। उनले पौष्टिक प्रतिस्पर्धा र दिगो व्यापारिक वातावरण निर्माणमा कर प्रणालीलाई महत्वपूर्ण आधार मान्दै भविष्यमा अझ जिम्मेवार व्यवसायीका रूपमा योगदान पु¥याइरहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ, इटहरीका अध्यक्ष जिवन पराजुलीले कर दिवसको अवसरमा बोल्दै कर कार्यालय र व्यवसायीबीच नङ–मासु जस्तो सम्बन्ध रहेको उल्लेख गर्दै व्यवसायी, संघ संस्था र कर प्रशासनबीच आपसी विश्वास र सहकार्य हुनु नै समृद्ध अर्थतन्त्रको आधार भएको बताए ।
उनले व्यवसायीको निजी क्षेत्रको लगानी सुरक्षित हुनुपर्नेमा जोड दिदै अहिलेको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पहिला बैंकहरूले ऋणमा १८ प्रतिशत ब्याज लिंदै आएका थिए भने हाल ७ प्रतिशतमा आएको भए पनि व्यवसाय सञ्चालन गर्ने पर्याप्त क्षमता नहुने व्यवसायीहरू रहेका छन्। यसका कारण निजी क्षेत्र नाजुक अवस्थामा पुगेको र खुला नाकाका कारण उत्पन्न चुनौतीले अझ थप समस्याहरू सिर्जना गरेको उनले सरकारको ध्यान आवश्यक रहेको बताए ।
आन्तरिक राजस्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलले कार्यक्रममा बोल्दै राज्यले ठूलो खर्च गरेर कर कार्यालय जस्तो संस्था स्थापना गरेको उल्लेख गर्दै कर कार्यालय भनेकै करदाताको आफ्नै संस्था भएको बताए। कार्यालयमा आउन कुनै डर मान्न आवश्यक नभएको बताउँदै उनले भने, “जो कर छली गर्छ, ऊ मात्र डराउँछ ।
उनले राज्यको सञ्चालन, सुरक्षादेखि विकास निर्माण सम्मका सबै कार्य करबाट निर्भर हुने भएकाले कर तिर्नु व्यवसायी र नागरिक दुवैको जिम्मेवारी भएको उनले स्पष्ट पारे। पौडेलले व्यवसायी र जनताको सुरक्षाका लागि राज्यले गर्ने खर्च करकै माध्यमबाट सम्भव हुने हुँदा कर प्रणालीप्रति सबैको सकारात्मक सहभागिता आवश्यक भएको बताए ।
कार्यक्रममा उधोग बाणिज्य संघ, इनरूवाका अध्यक्ष विरेन्द्र कुमार शाह, दुहवी उधोग वाणिज्य संघका अध्यक्ष प्यार चन्द्र चौधरी , झुम्का उधोग वाणिज्य संघका अध्यक्ष नविन चौधरी,नेपाल अडिटर्स एसोसिएसन अडानका केन्द्रिय उपाध्यक्ष पोषराज नेपाल, नेपाल चार्टड एकाउन्टेण्ट्स संघ एक्यान कोशी प्रदेशका सचिव गुल्सन शर्मा,मदिरा ब्यवसायी संघ इटहरीका अध्यक्ष राजेन्द्र कुमार राई लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





