इटहरीमा जग्गा–आवास विकास संघको पहिलो प्रदेशस्तरीय भेला, नेत्र चौम्लागाई नेतृत्वमा नयाँ समिति विस्तार
-
इटहरी । सुनसरी जग्गा तथा आवास विकास संघको अधिवेशन तथा पहिलो प्रदेशस्तरीय भेला इटहरीको दुर्गा पाटी प्यालेसमा सम्पन्न भएको छ ।
भेलाले नेत्र प्रसाद चौम्लागाईको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित समितिमा उपाध्यक्षमा कर्ण विक्रम लिम्बु र याम लामा, महिला उपाध्यक्षमा रन्जु सोनी, महासचिवमा उमाकान्त चौलागाई, सचिवमा दिपक तामाङ, कोषाध्यक्षमा रमेश कुमार घिमिरे अविरल रहेका छन् । त्यस्तै सदस्यहरूमा उमेश निरौला, जेनिस विश्वकर्मा, सुमी थापा लगायत १७ जनाको टीम चयन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
अधिवेशनको निर्वाचन समितिमा संयोजक दिपक कुमार काफ्ले, सदस्यहरू धनश्याम पोखरेल र तुलसी प्रसाद अधिकारी रहेका थिए ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले आवास तथा व्यवस्थित बसोबास विकासमा संघ–संस्थाको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए। उनले जग्गा तथा आवास विकास संस्थाहरू देशको बसोबास मात्र होइन, समग्र शहरीकरणको आधार स्तम्भ भएका कारण नियमन, पारदर्शिता र दीर्घकालीन योजनाअनुसार अघि बढ्नु आवश्यक रहेको उल्लेख गरे ।
उनका अनुसार अव्यवस्थित बसोबास, अनियोजित सहर विस्तार, उचित मूल्य निर्धारण तथा जग्गा सुरक्षाजस्ता चुनौती समाधान गर्न सरकार र निजी क्षेत्रबीच मजबुत सहकार्य अपरिहार्य छ ।
कार्यक्रमका अवसरमा रन्जु सोनी र ललित विश्वकर्मालाई सम्मान गरिएको थियो ।
News Desk 0 response आइतवार, कार्तिक ३०, २०८२
त्यसैगरी कार्यक्रमलाई अझ आकर्षक बनाउन चर्चित लोकदोहोरी गायिका गंगा गौतम आचार्यले मनमोहक सांगीतिक प्रस्तुति दिएर उपस्थित आमन्त्रण अतिथिहरूलाई मनोरञ्जन गराएकी थिइन् ।
नेत्र प्रसाद चौम्लागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममध्ये नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव घनश्याम पोखरेल, डिएन ग्रुपका अध्यक्ष दिपक काफ्ले, माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल सहित सुनसरी, मोरङ, सिराहा, सप्तरीका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





