• मोरङ । अहमदिया संघ नेपालले आयोजना गरेको चार दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर चार स्थानमा भव्यताका साथ सम्पन्न भएको छ । मोरङको विराटचौक मद्रसाँ चौकबाट औपचारिक रूपमा उद्घाटन गरिएको उक्त शिविर सञ्चालन गरिएको थियो ।
    अहमदिया संघ नेपालले विगतदेखि नै “सबैलाई माया गरौं, कसैलाई घृणा नगरौं” भन्ने मूल नाराका साथ सामाजिक सेवा, स्वास्थ्य र शान्ति सन्देशका कार्यहरू सञ्चालन गर्दै आएको छ ।
    ग्रामीण स्तरमा उपचारको पहुचलाई सहज बनाउदै होमियोप्याथिक उपचार प्रविधिबाट दिर्घरोगीहरूलाई राहत दिने उद्देश्यले संघले यस्ता शिविरहरू देशभर सञ्चालन गर्दै आएको छ ।

    सोही अवसरमा शिविर मोरङको झोराहाट, इटहरी ९ स्थित अहमदिया संघ कार्यालय इटहरी ११ खनार चौतारा गरी सुनसरी,मोरगंको विभिन्न ४ स्थानमा निरन्तर चार दिन सम्म सञ्चालन गरिएको थियो ।
    जसले ग्रामीण क्षेत्रका नागरिकहरूलाई सहज रूपमा सेवा प्राप्त गर्ने अवसर प्रदान ग¥यो ।
    चार दिनसम्म निरन्तर सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।
    बिरामीहरूलाई दीर्घरोग, छाला सम्बन्धी समस्या, सर्दी–खोकी, पाचन समस्या, हड्डी दुखाइ लगायत रोगहरूको जाँच र औषधि वितरण गरिएको थियो ।

    भारतको पञ्जाबबाट आएका वरिष्ठ होमियोप्याथिक विशेषज्ञ डाक्टर एस.एस. अहमदले शिविर भर बिरामीहरूको स्वास्थ्य परीक्षण गरी परामर्श र उपचार सेवा प्रदान गरेका थिए ।
    होमियोप्याथिक चिकित्सा विज्ञानले दीर्घरोगहरूको दीगो समाधान दिन सक्ने बताउँदै नेपालमा यस उपचार पद्धतिप्रतिको जनचासो बढ्दै गएकोमा डाक्टर एस.एस. अहमदले खुसी व्यक्त गरेका थिए ।
    शिविरको समापन कार्यक्रममा अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर मियाँले चार दिनसम्म सहयोग गर्ने सम्पूर्ण टोली, चिकित्सक, स्वयंसेवक र स्थानीय समुदायलाई धन्यवाद ज्ञापन गर्दे आगामी दिनमा पनि यस्ता मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउँदै शिविर औपचारिक रूपमा सम्पन्न भएको थियो ।
    अहमदिया संघ नेपालका राष्ट्रिय उपाध्यक्ष मोहम्मद इस्माइल मियाँको अध्यक्षतामा भएको कार्यक्रममा संघका विभिन्न पदाधिकारी तथा
    कार्यक्रममा अहमदिया संघ नेपालका सुनसरी र मोरङका ईन्चार्ज सेराज अहमद, मोहमोद अल्लिमहरू अब्दुल बशीर, अमिर अहमद, सम्तुल्लाह अहमद, सज्जाद अहमद तथा अहमदिया मुस्लिम समुदायका सदस्य मोहम्मद अकबर र शमीर आलम लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

4565