-
इटहरी । पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था लि. इटहरीले आफ्नो २८औं वार्षिक साधारण सभा विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।
इटहरी–६ स्थित दुर्गा पाटी प्यालेसमा भएको कार्यक्रममा अध्यक्ष दिनेश कुमार भट्टराईले सहकारीको मूल मन्त्र आर्थिक समावेशिता, सामाजिक उत्तरदायित्व र सदस्य सशक्तीकरण रहेको उल्लेख गर्दै संस्था यही उद्देश्य लिएर अघि बढिरहेको बताए ।
उनले हालै संरचनामा भएको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै सदस्यहरूको निरन्तर समर्थन र सहकार्यका लागि धन्यवाद दिएका थिए ।
अध्यक्ष भट्टराईले प्रस्तुत वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा १हजार ७ सय १३ जना सेयर सदस्य रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको सेयर पूँजी रु १४ करोड ४४ लाख ७१ हजार ९००, कोष हिसाब ५ करोड ८१ लाख ३२ हजार ५६२ र निक्षेप रकम ४९ करोड ९० लाख ८५ हजार ३७८, तथा बैंक मौज्दात २० करोड ५० लाख १३ हजार रहेको उल्लेख गरेका थिए ।
यस्तै, ऋण लगानी ४८ करोड ६४ लाख ३२ हजार ६५५, कुल कारोबार ७३ करोड २५ लाख ४५ हजार ५६८, र कुल नाफा १ करोड ४५ लाख १५ हजार २२५ पुगेको प्रतिवेदनमा जनाइएको छ । संस्थाको आम्दानी वृद्धि दर विगत वर्षको तुलनामा उल्लेखनीय रहेको र वित्तीय अवस्था सन्तोषजनक रहेको समेत अध्यक्ष भट्टराईले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका क्रममा संस्थाले उत्कृष्ट योगदान पु¥याउने सदस्यहरूलाई सम्मान गरेको थियो ।
सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता विन्दा कुमारी खत्री, उत्कृष्ट ऋणी विमला कार्की, तथा ज्येष्ठ सदस्य ८१ वर्षीय तारानाथ सिग्देल र ७५ वर्षीया गायत्रा घिमिरेलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
सोही अवसरमा लेखा सुपरिवेक्षण समितिका संयोजक राजु दंगालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने विभिन्न समितिका संयोजकहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले सहकारीको भूमिकालाई आर्थिक विकास र सामाजिक सशक्तीकरणको माध्यमका रूपमा अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
News Desk 0 response शनिबार, कार्तिक २२, २०८२
सभाको अन्त्यमा अध्यक्ष भट्टराईले सभाको सफलताका लागि सबै सदस्य र उपस्थितिप्रति आभार व्यक्त गर्दै आगामी वर्षमा नयाँ कार्य समितिले अझ सक्षम र पारदर्शी संस्थाका रूपमा अघि बढ्ने बताएका थिए ।
संस्थाका अध्यक्ष दिनेश कुमार भट्टराईको अध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष एवम सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहाकार डाक्टर बेणु प्रसाद सिटौला ,सहकारीका सदस्य,सञ्चालक, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साधरणसभाले नयाँ कार्यसमिति चयन गर्दै भोली आइतबार सस्थामा पदस्थापन कार्यक्रम हुने स्सथाका सचिव गणेश कुमार दुलालले जानकारी दिए ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





