• इटहरी । विगत १५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको अल्ट्रासन इनर्जी सोलारले नयाँ स्वरूपमा आफ्नो सोरूम विस्तार गरेको छ । ग्राहकहरूको सुविधाका लागि विभिन्न आधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरू समेत समावेश गरी नयाँ सोरूम संचालनमा ल्याएको हो ।

    बिराटनगर लाइन स्थित गोल्डेन चोक, इटहरीमा सञ्चालनमा आएको उक्त सोरूममा सोलार उपकरणका साथै घरायसी विद्युतीय सामग्रीहरू पनि उपलब्ध छन् । सेवामा गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यका साथ अल्ट्रासन इनर्जीले आफ्ना सेवाको दायरा अझ विस्तार गरेको संचालक डिल्ली भण्डारीले बताए ।

    नयाँ सोरूम उद्घाटनको अवसरमा कम्पनीले आकर्षक अफर पनि सार्वजनिक गरेको छ । २० वर्ष माथिका सबै भिजिटरलाई एक पटकका लागि लक्की ड्र कुपन वितरण गरिनेछ । हरेक तीन महिनामा हुने लक्की ड्र मार्फत एक जना भाग्यशाली विजेताले विद्युतिय चुल्हो पुरस्कार स्वरूप प्राप्त गर्नेछन् ।

    त्यसैगरी, तीन हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहकहरूका बीचमा पनि विशेष लक्की ड्र आयोजना गरिनेछ ।
    उक्त ड्र मार्फत एक जना विजेतालाई आकर्षक उपहार प्रदान गरिने जानकारी दिइएको छ ।
    अल्ट्रासन इनर्जी सोलारले ऊर्जा समाधानसँगै अब घरायसी विद्युतीय वस्तुहरू एकै ठाउँमा उपलब्ध गराएर ग्राहकहरूको सहजताका लागी घर सम्म पुराउने ब्यवस्था पनी रहेको जनाएको छ ।

4565