-
इटहरी । पूर्व क्षेत्रमै शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापका कारण परिचित विश्व आदर्श एकेडेमीले बिहीबार विद्यालय परिसरमै विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न वैज्ञानिक उपकरण र प्रयोगहरू अभिभावकहरूका सामु प्रदर्शन गरेका थिए ।
कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी विद्यालयले सञ्चालन गर्दै आएको ‘कारखाना साइन्स’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा देखाउने अवसर पाएका थिए । विद्यालयले पछिल्ला तीन वर्षदेखि प्रयोगात्मक शिक्षा प्रणालीलाई प्राथमिकता दिंदै नियमित रूपमा कारखाना साइन्स कक्षा सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका साधारण यन्त्र, चित्रकला, रासायनिक प्रतिक्रिया, ऊर्जा रूपान्तरण र वातावरणीय संरक्षणसम्बन्धी परियोजना प्रदर्शन गरेका थिए । साना बालबालिकाले समेत आत्मविश्वासपूर्वक आफ्ना सिर्जनात्मक प्रयोगहरूको व्याख्या गरेका थिए । यसले विद्यार्थीहरूको सोंच्ने, बुझ्ने र प्रस्तुत गर्ने क्षमतामा उल्लेखनीय सुधार आएको शिक्षकहरूले बताएका छन् ।

कार्यक्रममा उपस्थित अभिभावकहरू आफ्ना छोराछोरीले विद्यालयमा गरेको प्रयोगात्मक अभ्यास आफ्नै आँखाले हेर्न पाउँदा उत्साहित र गर्वित बनेका थिए । उनीहरूले अघिल्लो पुस्ताले अनुमानका भरमा मात्र अध्ययन गर्नुपर्ने अवस्था रहे पनि अहिलेका बालबालिकाले अभ्यासमार्फत विज्ञान बुझ्न पाउनु उल्लेखनीय प्रगति भएको बताएका थिए ।
विद्यालयकी शिक्षिका मनिषा बस्नेतका अनुसार विद्यार्थीलाई अझ प्रष्ट रूपमा बुझाउनका लागि तीन वर्षअघि कारखाना साइन्स कार्यक्रम सुरु गरिएको हो । पहिले सैद्धान्तिक रूपमा बुझ्न गाह्रो हुने कुरा अहिले विद्यार्थीहरूले आफैं प्रयोग गरेर बुझ्न थालेका छन्, जसले उनीहरूको आत्मविश्वास र जिज्ञासा बढाएको बताइन ।

त्यस्तै, विद्यालयका प्रिन्सिपल गणेश कुमार दुलालले विश्व आदर्श एकेडेमीले शिक्षण–अधिगममा नयाँ शैक्षिक सूत्र र विधिहरू अवलम्बन गर्दै आएको बताए । विद्यार्थीलाई सहज र रमाइलो वातावरणमा सिकाउने उद्देश्यले प्रायोगिक विधिहरू अपनाइएको हो, जसले उनीहरूको सोच्ने र बुझ्ने क्षमता उल्लेखनीय रूपमा वृद्धि भएको बताए ।
वि.सं. २०७४ सालदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्दै आएको विश्व आदर्श एकेडेमीले शैक्षिक र अतिरिक्त क्रियाकलाप दुबैमा समान जोड दिँदै आएको छ । विद्यालयले आगामी वर्षहरूमा अझ आधुनिक प्रयोगशाला र अनुसन्धान–केन्द्रित कार्यक्रम थप विस्तार गरी विद्यार्थीहरूलाई अझ सक्षम र व्यवहारिक ज्ञानयुक्त बनाउन सहयोग पुग्ने जनाएको छ ।
News Desk 0 response शुक्रबार, कार्तिक २१, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





