-
मोरङ । सुन्दरहरैँचा नगरपालिकाले नगरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरेको छ ।
बुधबार नगरपालिकाको कार्यालय परिसरमा आयोजित विशेष समारोहका बीच सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ र १० का सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु ७८ जना लाभग्राहीलाई प्रमाण–पूर्जा वितरण गरिएको हो ।
भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभाग र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नगर प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, भूमि आयोग मोरङका अध्यक्ष नवीन पौडेल लगायतका अतिथिहरूले जग्गाधनी प्रमाण–पूर्जा हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईले पहिलो चरणमा ७८ जनालाई प्रमाण–पूर्जा वितरण गरिएको उल्लेख गर्दै आगामी दिनमा बाँकी आवेदनदातालाई पनि क्रमिक रूपमा वितरण गरिने जानकारी दिए ।
उहनले संघीय सरकारबाट बजेट नआए पनि नगरपालिकाले आफ्नै स्रोतबाट बजेट व्यवस्था गरी भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
त्यसैगरीका कार्यक्रमका प्रमुख अतिथी मन्त्री रेवतीरमण भण्डारीले भूमि आयोग खारेज गरेर सरकारले भूमिहीनमाथि अन्याय गरेको टिप्पणी गर्दै अदालतको आदेशपछि पुनः सक्रिय भएको आयोगलाई सबल बनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने आश्वासन दिए ।
उनले संघीय सरकार उदासीन रहँदा प्रदेश र स्थानीय तहले मात्र भूमिहीनको समस्या समाधान गर्न कठिन हुने बताउँदै केन्द्रीय सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भूमि आयोग मोरङका अध्यक्ष नवीन पौडेलले आयोग एक्लैले पूर्जा वितरण गर्न नसक्ने भन्दै संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयबाट मात्र ठोस परिणाम आउन सक्ने बताए । उनले सुन्दरहरैँचाको वडा नं. १० स्थित जनताको बस्तीमा प्रदेश सरकारले विशेष निर्णय गरे ६ सय परिवारलाई छिट्टै पूर्जा वितरण गर्न सकिने छ ।
अध्यक्ष पौडेलले मोरङका लेटाङ, सुनवर्सी, रतुवाई र रंगेली नगरपालिकामा पनि चाँडै नापजाँचको काम अघि बढ्ने जानकारी दिए ।
News Desk 0 response बिहिबार, कार्तिक २०, २०८२
उक्त कार्यक्रममा संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङ, पूर्वराज्यमन्त्री राजकुमार ओझा, नापी कार्यालय मोरङका प्रमुख गिरिशलाल कर्ण, भूमि आयोगका सदस्य, विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, नगर कर्मचारी र पत्रकारहरूको लगायतको उपस्थिति रहेको थियो
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२





