-
इटहरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा २५ दिने निःशुल्क वारिष्टा तालिमको समुदघाटन कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी स्थित त्रियुगा होटलमा भएको निःशुल्क वारिष्टा तालिमका लागी नेपाल पर्यटन बोर्ड एनटिभी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा सञ्चालन गरिएको यो तालिममा होटल तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरूका लागि लक्षित गरिएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी उद्घाटन इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापाले तालिमले युवाहरूलाई आत्मनिर्भर र व्यावसायिक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै सीपमूलक तालिमहरू रोजगारी सिर्जनाको प्रमुख माध्यम भएको बताए ।
उनले इटहरीमै पनी धेरै कफी सपहरु ख्ुालिरहेको र कफीको क्रेज बढिरहेकोले युवाहरूलाई आत्मनिर्भर र व्यावसायिक बन्न अवसरहरु भएको भन्दै स्थानीय तहले पनि आगामी दिनमा स्थानिय सरकारले पनी यस्ता कार्यक्रमलाई प्राथमिकता दिनका लागी पहल गर्ने बताए ।

जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले नेपालमा रोजगारीका अवसरहरू सीमित भइरहेका बेला यस्ता सीपमूलक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने बताए । उनले तालिम मार्फत सहभागीहरूलाई कफी तथा होटल व्यवस्थापन सम्बन्धी व्यावहारिक सीप सिकाइने र सिकेपछी नेपालमै रोजगारी गर्नु पर्छ भन्ने उदेश्यले तालिमको आयोजना गरेको जानकारी दिए ।
उनका अनुसार प्रशिक्षार्थीहरूले तालिमपछि होटल, कफी पसल तथा पर्यटन व्यवसायमा प्रत्यक्ष रूपमा काम गर्न सक्ने योग्यता प्राप्त गर्ने पनी अध्यक्ष पुरीले बताए ।
२५ दिने यो वारिष्टा तालिम प्रिमियर होटल मेलेजमेन्ट स्कुल र सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट स्कुलमा हुने तालिममा सुनसरीका ३५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ भने बिहान र दिउँसो गरी दुई सत्रमा कक्षा सञ्चालन हुने संघका महासिचव कृष्ण पराजुलीले जानकारी दिए ।
कार्यक्रममा वक्ताहरूले पर्यटन व्यवसायको विकासका लागि दक्ष जनशक्ति अपरिहार्य भएको भन्दै तालिमले स्थानीय युवाहरूमा व्यावसायिकता विकासमा योगदान पु¥याउने अपेक्षा व्यक्त गरेका थिए ।
News Desk 0 response बिहिबार, कार्तिक २०, २०८२
तालिमका प्रशिक्षकहरूले सहभागीहरूलाई व्यावहारिक अभ्यासका माध्यमबाट सेवा, प्रस्तुति र आतिथ्य कला सिकाउने व्यवस्था गरिएको बताउदै भविष्यमा यस्ता सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गरिने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक केसब गिरीले बताए ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश २०८२ पर्यटन वर्षका सह–संयोजक कृष्ण शाह, नेपाल पर्यटन बोर्डकी अधिकृत सुसिल कुमारी बराल,श्रृजना नेपाल,दिगो पर्यटन परियोजनाका खगेन्द्र खड्का, इटहरी उपमहानगरपालिका पर्यटन शाखा प्रमुख किशोर भट्टराई, प्रिमियर कलेजका सिइओ सुनिल भुसाल, सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका संचालक दिलिप पौडेल लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
इटहरीमा पहिलो सुनसरी हब कन्भेन्सन २०८२ मंसिर २७ मा हुने
बिहिबार, मंसिर २५, २०८२ -
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी र लियो क्लब पदस्थापन समारोह सम्पन्न
बिहिबार, मंसिर २५, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२
-
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
इटहरीमा ख्रीष्टमस शुभकामना आदान–प्रदान तथा बधाई समारोह सम्पन्न
बुधबार, मंसिर २४, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२





