-
इटहरी । आध्यात्मिक चेतना विस्तार र धार्मिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित इटहरी–२, आयुर्वेदिक टोलमा १०८ शिवलिङ्गको प्राणप्रतिष्ठा विधिवत रूपमा सुरु गरिएको छ। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग अन्तर्गत सुरु भएको यस भव्य धार्मिक अनुष्ठानको चौथो दिन प्राणप्रतिष्ठा सहित १०८ शिवलिङ्ग रुद्राभिषेक कार्यक्रम आरम्भ गरिएको हो।
कार्तिक १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत १७ देखि १९ गते शिवलिङ्ग प्राणप्रतिष्ठा, २० गते महाआरती तथा दीप प्रज्वलन, र २१ गते पूर्णाहुतीसहित समापन गरिनेछ। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलका अनुसार, यस आयोजनाले समाजमा आध्यात्मिक चेतना, सकारात्मक ऊर्जा र धार्मिक एकता सुदृढ गर्ने उद्देश्य लिएको छ।

अनुष्ठानमा भारतको सिलिगुडी वाघडोग्राका पण्डित नारायण खतिवडा, पण्डित टिकाराम निरौला, सिक्किमका पण्डित केशवचन्द्र न्यौपाने र पण्डित योगेश भण्डारी लगायतका विद्वान् पण्डितहरूको वैदिक मन्त्रोच्चारण र पूजा विधिले सम्पूर्ण वातावरणलाई अध्यात्मिक रंगले उज्यालो बनाएको थियो।
शिवलिङ्ग निर्माण समितिका संयोजक बाबुराम सुबेदीले प्रधानमन्त्री सुशीला कार्की, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, स्थानीय जनप्रतिनिधि, समाजसेवी र विशिष्ट व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई अझै भव्य बनाउने जानकारी दिए। उनका अनुसार, इटहरीलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा उभ्याउन यो आयोजनाले ठोस योगदान पुर्याउनेछ।
आयोजक समितिले यस स्थललाई स्थायी धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनासहित ध्यान केन्द्र, यात्रु आवास र धार्मिक ग्रन्थालय निर्माणको तयारी अघि सारेको छ। स्थानीय बासिन्दा तथा भक्तजनहरूले पनि यस आयोजनाबाट स्थानीय अर्थतन्त्र, धार्मिक पर्यटन र सांस्कृतिक समृद्धिमा नयाँ उर्जा प्रवाह हुने विश्वास व्यक्त गरेका छन्।
१०८ शिवलिङ्गको यो ऐतिहासिक प्राणप्रतिष्ठा कार्यक्रमले कोशी प्रदेशमा धार्मिक पर्यटन प्रवद्र्धनको नयाँ अध्याय सुरु गरेको छ, जसले इटहरीलाई आध्यात्मिक गन्तव्यका रूपमा परिचित बनाउने अपेक्षा गरिएको छ।
News Desk 0 response मङ्लबार, कार्तिक १८, २०८२
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३