-
इटहरी । सातै प्रदेशका कवि र चित्रकारहरूको सशक्त प्रस्तुति सहित एपेक राष्ट्रिय काव्य महोत्सव तथा काव्यचित्र सिर्जना शिविर इटहरीमा सम्पन्न भएको छ । एपेक नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रत्येक प्रदेशबाट दुई जना कवि र दुई जना चित्रकारको सहभागिता रहेको यस राष्ट्रिय कार्यक्रमको आयोजना इटहरीस्थित सोल्टी होटलमा गरिएको थियो ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नु भएको थियो । प्रमुख अतिथीका रूपमा बोल्दै मुख्यमन्त्री कार्कीले कला, साहित्य र सिर्जनात्मक अभिव्यक्तिलाई राष्ट्रको पहिचानसँग जोडिएको क्षेत्र भन्दै यसको विस्तार र उत्थानका लागि राज्यस्तरबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवा पुस्तामा सिर्जनात्मक भावना र कलाप्रति लगाव बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उद्घाटन सत्रको अध्यक्षता एपेक नेपालका अध्यक्ष विश्व बिमोहन श्रेष्ठले गर्नुभएको थियो । उहाँले नेपाली कला र साहित्य विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको बताउँदै, “कविता र चित्रले समाज र राष्ट्रको आत्मालाई अभिव्यक्त गर्छ,” भन्नुभयो ।सो कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास तथा कानुन मन्त्री रेवती रमण भण्डारी, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कवि मनु मञ्जिल, तथा एपेक नेपालकी सल्लाहकारसमेत रहेकी प्रदेश सभा सदस्य मिना श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो ।

काव्य तथा काव्यचित्र सिर्जना शिविरमा सातै प्रदेशका प्रतिभाशाली कवि तथा चित्रकारहरूले एउटै मञ्चमा कविता वाचनका साथै ती कविताका भावनालाई रङ्ग र रेखामार्फत् चित्रमा उतार्ने अनौठो प्रस्तुति दिएका थिए । यस किसिमको संयुक्त सृजनाले नेपाली कला, साहित्य र सौन्दर्य चेतनाको उन्नतिमा नयाँ आयाम थपेको आयोजक संस्थाले जनाएको छ ।
News Desk 0 response आइतवार, कार्तिक १६, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३