-
इटहरी । नेपाल बिटको आयोजनामा प्रत्यक शनिबार आयोजना गर्दै आएको क्याफेमा कविता ९ औं श्रृखला छन्द विशेष सम्पन्न गरेको छ ।
इटहरी स्थित सुषमा गोदावरी कलेजको सभाहलमा ‘क्याफेमा कविता कार्यक्रममा सुनसरी,मोरङ,झापा लगायतका ८ जना कविहरुले छन्द कविताहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कवि मोहन भण्डारीले साहित्य र कविताले समाजमा चेतना र सकारात्मक सोच फैलाउने काम गर्ने उल्लेख गर्दै यस्ता सृजनात्मक कार्यक्रमले युवाहरूलाई साहित्यप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरे । उनले कविता हृदयको भावनाबाट उत्पन्न हुने अभिव्यक्ति भएको भन्दै छन्दलाई निरन्तरता दिन अझ दक्ष बनाउन प्रशिक्षण सहितको कार्यक्रम आवश्यक रहेको बताए ।
कार्यक्रम विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कायृक्रममा बोल्दै ‘क्याफेमा कविता’ अभियानले सर्जक र श्रोता बीचको आत्मीयता बढाएको र काव्यकला अभ्यासका लागि नयाँ ढोका खोलेको बताए ।
तेस्तइ .नेपाल बिट मिडिया प्रालिका अध्यक्ष रामप्रसाद खरेलले कविता र काब्यको क्षेत्रको विकास गर्ने,यस क्षेत्रमा भएको, लुकेर बसेका, आफ्नो क्षेत्रमा प्रतिष्ठित भई सकेका सम्पुर्ण कविहरुको कवितालाई सुन्ने सुनाउने, नेपाली काब्य जगतमा योगदान पुग्न सकोस भन्ने उदेश्यका साथ नेपाल बिटले क्याफेमा कविताको श्रृंखला शुरु गरिएको बताए ।
News Desk 0 response शनिबार, कार्तिक १५, २०८२
उनले यस काब्यको श्रृंखला अर्को चरणमा पुनः शुरु गरिने छ । यसको मुख्य उदेश्य भनेको इटहरीमा काब्यको बृहत कार्यक्रम गर्नका लागी पुर्व तयारीको रुपमा यो प्रकृया अपनाईएको बताए ।
राष्ट्रिय स्तरको कार्यक्रम गर्नका साथै ईटहरीलाई केन्द्रविन्दु् बनाई अध्ययन गर्ने युवा कविहरुको कविताहरुको संग्रहको प्रकाशन गर्ने संकल्प लिईएको अध्यक्ष खरेलले बताए ।
कार्यक्रमका प्रमुख प्रस्तुतकर्ताहरूमा कवि विन्दु दाहाल मूकदर्शक, छवि वैरागी, टीका आत्रेय, हरि कट्टेल, रोहिणी रसिक, सरस्वती न्यौपाने, अभिमन्यु अभिजित र प्रतिष्ठा पोखरेल लगायतका स्रष्टाहरूले आफ्ना मौलिक र छन्दयुक्त कविता वाचन गरेर उपस्थित श्रोतालाई भावनात्मक बनाएका थिए ।
छन्द विशेष कार्यक्रममा नेपाली कविताको परम्परागत सौन्दर्यलाई संरक्षण गर्दै आधुनिक दृष्टिकोण सहितका रचना प्रस्तुत गरिएका थिए । कार्यक्रमले युवा पुस्तामा कविता र साहित्यप्रतिको लगाव अझ बढाएको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रममा सुषमा गोदावरी कलेजका प्रचार्य बोधराज नेपाल, किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकाल, कविहरु कृष्ण विनोद लम्साल,कृष्ण अधिकारी,सुजिद गुरागाँइ लगायतका साहित्यकाहरुको सहभागिता रहेको थियो ।
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





