-
इटहरी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले अष्ट्रेलिया र युकेका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागितामा ‘शैक्षिक मेला–२०८२ आफ्नै सस्थामा शैक्षिक परामर्श पहित सम्पन्न गरेको छ।
उच्च शिक्षा प्राप्तिका अवसरहरूबारे विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त मेलामा करिब दुई सय पचासभन्दा बढी विद्यार्थी तथा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो।२२ वर्षदेखि शैक्षिक परामर्श सेवामा विश्वसनीय नामका रूपमा स्थापित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले ‘शैक्षिक मेलामा अष्ट्रेलिया र बेलायतका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूमार्फत अध्ययन कार्यक्रम, छात्रवृत्ति, भिसा प्रक्रिया, आवास र आर्थिक योजना सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराएको थियो। मेलामा आएका विद्यार्थीहरूले आफूलाई उपयुक्त विषय, विश्वविद्यालय र शहर छनोटका विषयमा प्रत्यक्ष रूपमा प्रतिनिधिसँग परामर्श गर्ने अवसर पाएका थिए।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका शिक्षा शाखा प्रमुख मुक्तिनाथ घिमीरेका अनुसार, यस्तो प्रत्यक्ष संवादले विद्यार्थीहरूलाई अध्ययन गन्तव्य छनोटमा यथार्थपरक निर्णय लिन मद्दत पुर्याउने विश्वास गरिएको छ। उहाँका अनुसार, इटहरीमा यस्तो स्तरको अन्तर्राष्ट्रिय सहभागिता भएको शैक्षिक मेला विद्यार्थीहरूको शैक्षिक भविष्यका लागि मार्गदर्शक साबित भएको छ।
एक्सपर्ट एजुकेशनमा प्रबन्ध निर्देशक कमल तिम्सिनाले एक्सपर्ट एजुकेशनले सन् २०१६ देखि इटहरी शाखा मार्फत विद्यार्थीहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै, संस्थाले अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवश्यक सम्पूर्ण परामर्श सेवा, कागजी प्रक्रिया तथा आयल्स र पिटिइ तयारी कक्षा समेत सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनले अहिलेको प्रतिस्पर्धात्मक शैक्षिक बजारमा यस्ता मेलाहरूले विद्यार्थीहरूमा अन्तर्राष्ट्रिय शैक्षिक अवसरबारे सही जानकारी र आत्मविश्वास अभिवृद्धि गर्ने बताए। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले पनि नेपाली विद्यार्थीहरूको उत्साह र जिज्ञासालाई सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए।
शैक्षिक मेला अन्त्यमा आयोजकले यस किसिमका कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ अवसरका ढोका खोल्ने र अन्तर्राष्ट्रिय शिक्षाको पहुँच अझ सहज बनाउने निष्कर्ष निकालेका थिए। एक्सपर्ट एजुकेशनका अनुसार, आगामी दिनहरूमा अन्य देशका शैक्षिक संस्थासँग समेत सहकार्य विस्तार गरी इटहरीलाई शैक्षिक परामर्शको उत्कृष्ट केन्द्र बनाउने योजना समेत रहेको छ।
News Desk 0 response शुक्रबार, कार्तिक १४, २०८२
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३