-
इटहरी । एशियाली ऋण महासंघवाट सन् २०१६ देखि लगातार तीन वर्ष सम्म एक्सेस ब्रोञ्ज र सन् २०१९मा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल सुनसरीको इटहरीमा रहेको किसान कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो ३०औं स्थापना दिवस मनाएको छ ।
राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक सदस्य छत्रप्रसाद रिमालको प्रमुख आतिथ्य तथा किसान कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा ३०औं स्थापना दिवस मनाइएको हो । सो अवसरमा अध्यक्षको मन्तव्य राख्दै अध्यक्ष ढकालले किसान कल्याणका सञ्चालकहरु स्थानीय भएका कारण अपचलन हुन्छ भनेर द्धिविधामा नरहन आग्रह गरे ।
उनले समुदायमा आधारित सहकारी भएकाले दुरुपयोग नहुने र मानवीय तुत्री भएको रहेछ भने सुझाव आएको खण्डमा सच्याउने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रमका प्रमुख अतिथी रिमालले नेपालमा ३३हजार वढी सहकारी संस्थाहरु रहेको र दुई अढाई सय सहकारीहरुले वदनाम गरेको जानकारी गराए ।
उनले सहकारीमा ७० लाख मानिसहरु सदस्य रहेको र १लाख वढीले रोजगारी पाइरहेको समेत प्रमुख अतिथी रिमालले सम्वोधनका क्रममा वताए ।
किसान कल्याण वचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले वि.सं २०५३सामा ३४ जना र १७सय रुपैयाबाट किसान कल्याण कोश स्थापना गरि २०५८सालमा सहकारी डिभिजन कार्यालय इनरुवामा वचत तथा ऋण सहकारी संस्थाका रुपमा दर्ता गरिएको जानकारी दिए ।
उनले हाल २५हजार ५सय सदस्य र १अर्ब ५३करोड कुल सम्पती रहेको जानकारी गराउदै हाल आएर प्रविधिको प्रयोग गरी सदस्यहरुको कारोवारलाई प्रविधिमैत्री वनाएर मोवाइल वैकिगं सेवा, इ टेलर सेवा , एटिएस सेवा ,क्यु आर सेवा जस्ता सेवाहरु सञ्चालनमा ल्याएको जानकारी गराएका थिए ।
सो कार्यक्रममा कर्मचारीद्धारा खेलिएको देउसी भैलो बाट संकलित नगद ११ हजार १सय ५५ निःसाहाय बालबलिका आश्रमकी संचालिका गिता गौतमलाई आश्रमलाई हस्तान्तरण गरेको छ ।
सोही अवसरमा सञ्चारकर्मीहरु विकल पौडेल,हिरण्य कार्की , दिलवहादुर श्रेष्ठलाई पत्रकारिता पुरस्कारबाट नगद सहित सम्मान गरिएको छ ।
News Desk 0 response शुक्रबार, कार्तिक १४, २०८२
त्यस्तै उत्कृष्ट सेवा केन्द्र पुर्वी गैसार,उत्कृष्ट कर्मचारीहरु नवराज पोख्रेल र सविना पोख्रेल तथा सस्थापक अध्यक्ष सम्मानबाट एक नम्बर सेयर सदस्य भवनाथ लुइटेललाई नगद सहित पुरस्कृत गरियोभने सहकारीका सेयर सदस्यहरुमा उत्कृष्ट नियमित वचात पुरस्कार बाट १६ जना, उत्कृष्ट बाल बचत १३ जना, चुडाराज खतिवडा स्मृती पुरस्कार बाट ४ जना सहित विभिन्न बिधामा एक सय छ जनालाई सम्मान सहित पुरस्कृत गरेको छ ।
कर्यक्रममा सस्थापक सल्लाहकार कृष्ण विनोद लम्साल , इटहरी उपमहानगरपालिका वडा नम्बर १६का वडाध्यक्ष तेजनारायण चौधरी , जिल्ला सहकारी संघका अध्यक्ष गंगा प्रसाद दाहाल लगायतको आतिथ्य रहेको थियो ।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३