-
इटहरी । एपेक नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा एपेक राष्ट्रिय काव्य,महोत्सव तथा काव्यचित्र सिर्जना शिविर २०८२ इटहरीमा कात्तिक १५ गते आयोजना गरिने भएको छ।
इटहरी स्थित सोल्टि होटलमा हुने महोत्सवमा सात प्रदेशका १४ कवि र १४ जना चित्रकारहरुको संयुक्त सृजना प्रस्तुत गर्ने छन्।
एपेक नेपालकी सल्लाहकार कवि तथा कोशी प्रदेश सांसद मिना श्रेष्ठले कविता र चित्रकलाको माध्यमबाट नेपाली कला–साहित्यको समृद्धि र समन्वयलाई प्रोत्साहन गर्नु रहेको बताइन । उनले सातै प्रदेशबाट आएका कवि तथा कलाकारहरूले एकै मञ्चमा कविता वाचनसँगै त्यसको भावनालाई चित्रमार्फत् अभिव्यक्त गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको पनी बताइन ।
यो संस्करणमा कोशी प्रदेशबाट अस्मिता विष्ट र धिरज राई, बागमती प्रदेशबाट गणेश श्रमण र एलिसा एकलासको सहभागीता हुनेछ।

यसैगरी मेधश प्रदेशबाट मनोज लोहार विश्वकर्मा र सपना कर्ण ‘मनोरमा’, गण्डकी प्रदेशबाट निकेश गिरी र रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट रसिक राज र चन्द्र जीएम लगायतको प्रस्तुती रहने छ ।
कर्णाली प्रदेशबाट कल्पना पलक र लक्ष्मण मानव तथा सुदूरपश्चिम प्रदेशबाट मोहित जोशी र खेम बताश सहभागी हुने भएको आयोजकले जानकारी गराए ।
कार्यक्रमका क्रममा प्रख्यात कवि, कलाकार तथा साहित्यमर्मज्ञहरूबीच विचार–विनिमय, अन्तरक्रिया र सृजनात्मक प्रस्तुति हुने अपेक्षा गरिएको छ। साथै, उत्कृष्ट कृति सिर्जना गर्ने स्रष्टाहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिनेछ।काव्यचित्र सिर्जना शिविर” र “एपेक राष्ट्रिय काव्य–महोत्सव” कोशी प्रदेशको इटहरीमा आगामी दिनहरूमा भव्यरूपमा सम्पन्न गरिने तयारी अन्तिम चरणमा पुगेको छ। यस कार्यक्रममार्फत् इटहरीलाई साहित्य र कलाको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको पनी सल्लाहकार श्रेष्ठले जानकारी दिइन ।
News Desk 0 response बिहिबार, कार्तिक १३, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३