-
इटहरी । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्प र केन्द्रीय समितिको अभिभावकीय भूमिकामा इटहरी–२, आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापना गरिएको छ। भक्तपुरमा निर्मित कलात्मक नेपाली इटा र नेपालकै ढुंगाबाट बनेका शिवलिङ्गहरूलाई विशेष वैदिक विधि अनुसार प्राण प्रतिष्ठा गरिँदैछ। असार शुक्ल पूर्णिमादेखि सुरु भएको चतुर्मास श्रीमद्भागवत् पाठ पारायणको समापनको अवसरमा यो धार्मिक तथा आध्यात्मिक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम अन्तर्गत कात्तिक १४ गते कलश शोभायात्रा निकालिने र १५ देखि २१ गतेसम्म अध्यात्म जीवन दर्शन, प्रवचन तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुने जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको छ। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका पदाधिकारीहरूका अनुसार, कार्तिक १७ देखि १९ गतेसम्म १०८ शिवलिङ्ग प्राण प्रतिष्ठाको विशेष अनुष्ठान सम्पन्न हुनेछ।
माया घर नेपाल नजिकै निर्माणाधीन यो स्थल सामाजिक र आध्यात्मिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। माया घर नेपालले सडक मानव उद्धार तथा पुनर्स्थापनामा लामो समयदेखि काम गर्दै आएको छ। धार्मिक स्थल निर्माणसँगै यो क्षेत्र सामाजिक सहयोग र आध्यात्मिक साधनाको केन्द्र बन्ने विश्वास गरिएको छ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटाले स्थल अवलोकन गर्दै यसलाई धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताए। उनले मन्त्रालयले यस परियोजनामा सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइरालाले वडास्तरबाट पनि सहयोग भइरहेको र आगामी दिनमा यसलाई प्रदेश सरकारसँग समन्वय गरी नमुना धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरिने बताए।

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेले १०८ शिवलिङ्ग स्थापनासँगै इटहरीमा धार्मिक पर्यटनको नयाँ गन्तव्य थपिने बताइन्। उनले यसले स्थानीय आर्थिक गतिविधि, रोजगारीका अवसर र आध्यात्मिक चेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्। प्याकुरेले यस स्थलमा रहेका माया घरका आश्रितहरूका लागि पनि सहयोग पुर्याइने र दातृ निकाय, स्थानीय र प्रदेश सरकारको संयुक्त सहयोगमा परियोजना अघि बढाइएको बताइन्।

सो क्षेत्र सुकल्प सामुदायिक भवन, श्री विष्णु पाञ्चायन मन्दिर, दाहाल प्रतिष्ठान, धनकुटा–इटहरी सम्पर्क समाज र नेपाल शेर्पा संघ नजिक रहेको छ, जसले यसलाई धार्मिक र सामुदायिक केन्द्रका रूपमा थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। करिब ६५ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा स्थानीयवासी, संघ–संस्था, प्रदेश सरकार र दाताहरूको उल्लेखनीय सहभागिता रहेको छ।
नेपाल र भारतका विभिन्न धार्मिक–सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा आयोजना हुने शिवलिङ्ग प्राण प्रतिष्ठा कार्यक्रमले इटहरीलाई कोशी प्रदेशकै नमुना धार्मिक पर्यटन स्थलका रूपमा परिचित गराउने विश्वास लिइएको छ।
News Desk 0 response बुधबार, कार्तिक १२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२