-
इटहरी । सूर्य देवताको उपासना गरी मनाइने छठ पर्व नेपाली हिन्दू धर्मावलम्बीहरूमा श्रद्धा, निष्ठा र आत्मसंयमको प्रतीकका रूपमा मनाइँदै आएको छ। यो पर्वमा सूर्य देवता र छठी माईको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ।
व्रतालुहरूले चार दिनसम्म कठोर नियम पालनासहित व्रत बस्ने, नदी वा जलाशयमा डुबुल्की लगाई अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा रहिआएको छ। यसै क्रममा सुनसरीको इटहरी र मोरङको सुन्दरहरैचाको संगमस्थल वृद्धा गंगा नदी तटमा पनि भक्तजनहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व मनाएका छन्।
वृद्धा गंगा किनार दीप, फूल र रंगोलीले झिलिमिली बनेको थियो। महिलाहरू पारम्परिक भेषभूषामा सजिएर भक्तिगीत गाउँदै सूर्य उपासनामा तल्लीन देखिन्थे। श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइने यस पर्वको प्रमुख विशेषता शुद्धता, आत्मसंयम र प्रकृतिप्रतिको कृतज्ञता हो। व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी व्रत समापन गर्छन्।

सोही अवसरमा आयोजित छठ पर्व समारोह तथा धार्मिक सांस्कृतिक कार्यक्रम–२०८२ को उद्घाटन कार्यक्रम पनि सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता छठ पर्व सेवा समितिका अध्यक्ष मनोज कुमार चौधरीले गरेका थिए भने प्रमुख आतिथ्य राधेश्याम सेवा ट्रस्ट नयाँ बिन्दावन गौशालाका संरक्षक महामण्डलेश्वर दिनबन्धु शास्त्रीले ग्रहण गरेका थिए।

कार्यक्रम धार्मिक महत्वका साथै सामाजिक योगदानका दृष्टिले पनि उल्लेखनीय रह्यो। समारोहमा स्व। हीरा महतो स्मृति छात्रवृत्ति पुरस्कार अन्तर्गत निसहाय बालबालिका सेवा आश्रमका बालबालिकाहरूलाई २१ हजार रुपैयाँ, स्व। नन्दलाल अग्रवाल स्मृति छात्रवृत्तिबाट भविष्य कर्णलाई ११ हजार रुपैयाँ, र स्व। राम नारायण साह स्मृति छात्रवृत्तिबाट युनिसा फुयाललाई ५ हजार एक सय रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको समितिका उपाध्यक्ष बासुदेव कर्णले जानकारी दिए।

उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका–६ का अध्यक्ष दिवस पोख्रेल, भगवती दल गणका गणपति प्रमुख सेनानी राजन भुजु, कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि तथा हजारौं भक्तजनहरूको उपस्थिति रहेको थियो।
श्रद्धा, निष्ठा र सामूहिक एकताको भावनाले भरिएको छठ पर्वले धार्मिक आस्था र सांस्कृतिक एकतालाई अझ मजबुत बनाएको सहभागीहरूको भनाइ छ।
News Desk 0 response सोमवार, कार्तिक १०, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२