-
इटहरी । नेपाल राष्ट्रिय सेवा निवृत्त कर्मचारी संघ इटहरीको आयोजनामा विशेष भेटघाट तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखराबाट आएका हेमजा साहित्य महोत्सव तथा कविवर एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायको रथारोहण एवम् नागरिक अभिनन्दन मूल समारोह समितिका पदाधिकारीहरूलाई इटहरीमा स्वागत गरिएको थियो ।
नागरिक अभिनन्दित उपाध्यायबारे लेख रचना संकलन अभियानका क्रममा पूर्वका साहित्यकारहरूसँग भेटघाट गर्दै आएका समितिका अध्यक्ष छन्दमणि त्रिपाठी, उपाध्यक्ष कोविदशरण उपाध्याय, सुनील गायक, सचिव ऋकेश भण्डारी लगायतको टोलीलाई संघका पदाधिकारीहरूले इटहरीमा स्वागत गरेका थिए ।
कार्यक्रममा समितिका अध्यक्ष त्रिपाठीले पोखरा–पूर्वका विभिन्न साहित्यकारहरूसँगको भेटघाट अभियान मंसिर १८, १९ र २० गते पोखरामा हुने साहित्य महोत्सव, रथारोहण तथा नागरिक अभिनन्दन कार्यक्रमका तयारीका विषयमा जानकारी दिने उदेश्यले हैटौडा, जनकपुर, विराटनगर, इलाम सम्मका साहित्यिक समुदायहरु सँग भेटघाट गर्दै आएको बताए ।

सो अवसरमा नेपाल राष्ट्रिय सेवा निवृत्त कर्मचारी संघका अध्यक्ष कृष्ण नेपाल, सचिव राजु गौतम, लोकदोहोरी गायिका गंगा गौतम आचार्य, संगीतकर्मी सत्यनारायण चौधरी, कवि तिर्थराज भट्टराई, इटहरी साहित्य समूहका अध्यक्ष हेमन्त गौतम लगायतले कविता वाचन गरी कार्यक्रमलाई साहित्यिक र सांगीतिक मय बनाएका थिए ।
संघका अध्यक्ष कृष्ण नेपालको अगुवाइमा आयोजित उक्त कार्यक्रममा इटहरी र पोखराबीचको साहित्यिक सम्बन्ध सुदृढ पार्ने उद्देश्यले विशेष भेटघाट तथा रचना वाचन कार्यक्रम गरिएको जनाइएको छ ।
News Desk 0 response सोमवार, कार्तिक १०, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





