-
काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ।
आयोगले हाल चुनाव तयारी अन्तर्गत आवश्यक बजेटको प्रारम्भिक खाका तयार पारेको भए पनि अन्तिम टुंगो भने अझ बाँकी रहेको जनाएको छ।आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बजेट तयारीको काम जारी छ। उनले भने साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान छ, तर अन्तिम निर्णय हुन बाँकी छ।
आगामी निर्वाचनका लागि आयोगले आवश्यक सामग्रीहरूको सूची तयार गर्दै छ। छठ पर्व सम्पन्न भएपछि तत्कालै सामग्री खरिद प्रक्रिया सुरु गर्नुपर्ने आयोगको तयारी छ। यसका लागि अर्थ मन्त्रालयसँग निरन्तर छलफल भइरहेको आयोगले जनाएको छ।
हिमाली क्षेत्रका प्रतिकूल मौसम र दुर्गम भूगोललाई ध्यानमा राख्दै आयोगले आकस्मिक व्यवस्थापनका लागि छुट्टै बजेट राख्ने तयारी गरेको छ। यस्तो क्षेत्रमा हेलिकप्टरमार्फत कर्मचारी पठाउने र सामग्री ढुवानी गर्ने व्यवस्था गर्ने आयोगको योजना छ।
आयोगले विगतझैं एक हजार मतदाता बराबर एक मतदान केन्द्र बनाउने तयारी गरिरहेको छ। एक मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्ने भएकाले कर्मचारी व्यवस्थापन र जनशक्ति खर्च नै निर्वाचन खर्चको सबैभन्दा ठूलो भाग हुने बताइएको छ।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउनका लागि आवश्यक पूर्वाधार र जनशक्ति तयारी तीव्र पारेको छ।
News Desk 0 response आइतवार, कार्तिक ९, २०८२
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३