• इटहरी । नेपाल संस्कृति र सम्पदाको प्रबर्धन पक्ष, नेपाल संवत राष्ट्रिय गौरव भन्ने नाराका साथ नेपाल संवत ११४६ औँ न्हूदँया भिंतुना कार्यक्रम इटहरीमा भव्य रूपमा मनाएको छ ।
    नेवाः देय् दबू नगर समिति इटहरीको आयोजनामा बुधबार नेवाः पुच पाटी प्यालेसमा उद्घाटन गरी नेपाल संवतको शुभकामना सहित र्यालीले बजार परिक्रमा गरेको होे ।
    कार्यक्रममा नेवारी समुदायका सहभागीहरूले परम्परागत बाजा गाजा सहित आकर्षक र्यालीका रूपमा इटहरी बजार परिक्रमा गरेका थिए ।
    आफुनो जातिय पोशाकमा सजिएका सहभागींहरूले “नेपाल संवत हाम्रो गौरव” भन्ने नारा लगाउँदै सांस्कृतिक उत्सवको रुपमा बजार परिक्रमा गरि सम्पन भएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेवाः देय् दबूकी केन्द्रिय सदस्य बिमला प्रधानले नेपाल संवत नेपालको मौलिक पहिचान, सभ्यता र संस्कृतिको गौरवपूर्ण प्रतीक भएको बताउँदै यो नेपाल संवत नेवार जातीको मात्र नभइ सबैले यसको जगेर्ना गर्दै साझा जिम्मेवारी भएको र नेपाल संवत जस्तो ऐतिहासिक परम्परागत रहेको वर्षलाई भावी पुस्ता सम्म जोगाइ राख्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन ।

    नेवाः पुच इटहरीको संयोजन तथा नेवा देय् दबू इटहरीका अध्यक्ष लक्ष्मी प्रकास श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा,कोशी प्रदेश संसद मिना श्रेष्ठ, नेवाः देय् दबू कोशी प्रदेशका अध्यक्ष बसन्त श्रेष्ठ, नेवा देय् दबू इटहरीका सल्लाहकार राजेश श्रेष्ठ, धुलिखेल समाज इटहरीका अध्यक्ष प्रविण श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।

4565