-
इटहरी । सुर्य देवताको उपसना गरी मनाइने छठ पर्व केही वर्ष यता देखि तराईका जिल्लाहरुमा विशेष पर्वको रुपमा मनाउन थालीएको छ ।
सुरुका वर्षहरुमा मैथली समुदायका केही मानिसहरुले मात्र मनाउने गरेका थिए भने पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि व्रत बस्ने पुजा गर्नेहरुको संख्या वढी रहेको छ ।
सोही क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका र मोरगंको सुन्दरहरैचा नगरपालिकाको संगम स्थल वृद्ध गंगाको तटमा विगत ३५ वर्ष देखि मनाउदै आइएको श्रद्धा र निष्ठाको पर्व छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी ५ दिन सम्म मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको इटहरीको रिजाल्स भिजनमा आयोजित पत्रकार सम्मेलन गरी जनाइएको हो ।
सुनसरी र मोरगं जिल्लालाई छोड्ने पुर्व पश्चिम राजमार्गसंगैको वृद्ध गंगाा नदि तटमा समानता र एकताको पर्वको रुपमा छठपर्व मनाउनेहरुको संख्या दिनप्रतिदिन वढी रहेको छ ।
इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका तर्फका भक्तजनहरुले अस्थायी रुपमा घाट वनाएर विगत देखि नै मनाउदै आएको र वर्षेनी भक्तजनहरु थपीने भएकाले यस वर्ष ६ सय पुजा घाट निर्माण गरिएको र ३ लाख भक्तजनहरुले सहभागी तथा अवलोकन गरिने अनुमान गरेको छ भने पुजा घाटस्थलमा सुरक्षाको मध्यनजर गर्दै सिसिटिभी क्यामरा जडान गरिने छैठ पर्व सेवा समिति इटहरीका अध्यक्ष मनोज चौधरीले वताए ।
वृद्ध गंगा नदिको पवित्रताले गर्दा पनि छठ पर्व गर्नेहरुको संख्या हरेक वर्ष बढी रहेको र पछिल्लो समयमा पहाडी समुदायका श्रद्धालु भक्तजनहरुको संख्या समेत उल्लेखनिय रुपमा वढ्दै आएको सान्ति सुरक्षा लाई ब्यवस्थीत गर्न दुबै तर्फका सुरक्षा निकाय संग बैठक सम्पन्न गरिएको उपाध्यक्ष बासुदेव कर्णले जानकारी दिए ।
News Desk 0 response मङ्लबार, कार्तिक ४, २०८२
त्यस्तै समितीका सचिव मुकेश कुमार चौधरीले कार्यक्रमको तयारी तथा आय ब्याय लगायतका विषयमा जानकारी गराएका थिए ।
समितीले यो स्थानलाई प्रदेश धार्मिक तथा पर्यटन स्थल वनाउन दुवै पालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्ने आग्रह गर्दै आएको पनी जनाएको छ ।
५ दिन सम्म मनाइने मनाइने छठ पर्वका लागि कात्तिक ८ गते शनिवार इटहरीको राधा कृष्ण शिव मन्दिरबाट शोभा यात्रा निकालिएने भएको छ । ९ गते जलाशय स्नान र १० गते अस्ताउदो सुर्य र उदाउदो सुर्यलाई उपसना सहित अर्घ दिएर समापन गरिने छ ।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





