-
इटहरी । नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयअन्तर्गत रहेको सैनिक अस्पताललाई सेनाकै मातहतमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रले एक थान सुविधा सम्पन्न विद्युतीय इ–रिक्सा (सिटी सफारी) हस्तान्तरण गरेको छ ।
केन्द्रको प्राङ्गणमा आयोजित कार्यक्रममा उक्त सिटी सफारी पूर्वी पृतना हेडक्वार्टका पृतनापति उपरथी गौरव कुमार केसीलाई हस्तान्तरण गरिएको हो ।
कोशी प्रदेशका विभिन्न क्षेत्रबाट सर्पदंशका बिरामीहरूलाई छिटो र सहज रूपमा सैनिक अस्पतालसम्म पु¥याउन र समयमै उपचार सेवा उपलब्ध गराउनका लागि यो सवारी साधन प्रदान गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवश पोखरेले बताए ।
उनका अनुसार, सर्पदंश केन्द्र र सैनिक अस्पताल दुवै सेनाको ब्यारेक हाताभित्र रहे पनि बीचमा केही दुरीका कारण बिरामीलाई अस्पताल सम्म लान समस्या हुने गरेको थियो ।यो
सिटी सफारी हस्तान्तरण पछि ती समस्या समाधान हुने विस्वास लिएको अध्यक्ष पोखरेलले बताए ।
News Desk 0 response आइतवार, कार्तिक २, २०८२
सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीले स्थापना कालदेखि हालसम्म १९ हजार भन्दा बढी सर्पदंशका बिरामीहरुको सफल उपचार गरिसकेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
त्यस्तै, सैनिक अस्पताल इटहरीका कमान्डेन्ट तथा प्राविधिक महासेनानी डाक्टर कुमार रोकाले पनि सिटी सफारी हस्तान्तरणले अस्पतालका सेवाग्राहीलाई ठूलो राहत मिल्ने बताए ।
उनका अनुसार, अघिल्ला वर्षहरूमा यातायातको अभावका कारण केही बिरामी अस्पताल नपुग्दै मृत्यु हुने घटना समेत भएका थिए ।
अब यो सवारी साधन प्रयोगमा आएपछि बिरामीहरूलाई छिटो स्वास्थ्य सेवा दिन सहज हुने महासेनानी डाक्टर कुमार रोकाले बताए ।
सिटी सफारी हस्तान्तरण कार्यक्रममा सामुदायिक भगवती दलका गणपती प्रमुख सेनानी राजन भुजु,सर्पदंश उपचार केन्द्रका उपाध्यक्ष राजु थापा, कोषाध्यक्ष उदय सुब्बा, सचिव सचिन पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३