• रामधुनी । सेभ द अर्थ रामधुनीको २६ औं बार्षिक साधारणसभा झुम्कामा सम्पन्न भएको छ ।
    सेभ द अर्थले रामधुनीको विभिन्न क्षेत्रमा सामाजिक तथा ब्यवसायिक बन्न उत्प्रेणा दिदै आएको सस्थाको २६ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको हो ।
    सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता तथा रामधुनी नगर पालिकाकी उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यमा भएको थियो ।
    कार्यक्रमकी प्रमुख अतिथी थापाले सेभ द अर्थले शिक्षा र स्वास्थ्य क्षेत्रमा रामधुनिमा उल्लेख काम गरेको चर्चा गरिन ।
    उनले विशेष गरी ग्रामीण तथा पिछडिएका समुदायमा विद्यालयस्तरको शैक्षिक सुधार, छात्रवृत्ति वितरण, स्वास्थ्य सचेतना अभियान जस्ता गतिविधिहरूबाट संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको उल्लेख गरिन् ।
    थापाले सेभ द अर्थले देखाएको सक्रियता र सेवाभावले स्थानीय तहमा सामाजिक रुपान्तरणको उदाहरण प्रस्तुत गरेको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न शुभकामना समेत दिइन् ।

    कार्यक्रममा बोल्दै सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले संस्थाको स्थापना उद्देश्यमध्ये प्रमुख रूपमा समुदायलाई सशक्त, शिक्षित र आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए ।
    उनका अनुसार, “सेभ द अर्थ केवल सेवा दिने संस्था होइन, हामीले स्थापना देखिनै बालबालिकाको शिक्षा, महिला सशक्तीकरण, स्वास्थ्य सचेतना, सरसफाइ, र वातावरण संरक्षणमा निरन्तर कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराए ।

    अध्यक्ष भट्टराईले संस्थाको आगामी योजना उल्लेख गर्दै युवालाई सीपमूलक तालिम मार्फत आत्मनिर्भर बनाउने, विद्यालयमा स्वास्थ्य शिक्षा अभिवृद्धि गर्ने र समुदायमा हरित अभियान विस्तार गर्दै जाने बताए ।

    कार्यक्रममा अध्यक्ष भट्टराईले सस्थाको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सस्थाका कोषाध्यक्ष लखनलाल चौधरीले आय व्यय प्रस्तुत गरेका थिए ।
    त्यस्तैे सस्थाकै श्याम मोचिले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा रामधुनी नगर पालिकाका सहकारी शाखा प्रमुख सुमन पौडेल, रामधुनी २ का वडा अध्यक्ष राम नारायण चौधरी, रामधुनी माबिका प्रधानध्यपक ठमिन्द्र बास्तोला लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा गैरसरकारी समन्वय सस्था सुनसरीका अध्यक्ष मेघराज पराजुलीले यो क्षेत्रमा काम गर्नु विशुद्ध रुपमा सामाजिक सेवामा रहेको धारणा राखेको थिइन् । कार्यक्रममा रामधुनी नगर पालिकाका सहकारी शाखा प्रमुख सुमन पौडेल, रामधुनी २ का वडा अध्यक्ष राम नारायण चौधरी, रामधुनी माबिका प्रधानध्यपक ठमिन्द्र बास्तोला लगायतको सहभागिता रहेको थियो ।

4565