-
इटहरी । नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुगंले सुनसरीको इटहरीमा रहेका प्रहरीका विभिन्न युनिटहरुको अवलोकन तथा निरीक्षण गरेका छन ।
जेनजी आन्दोलनपछि पुर्वी नेपालका प्रहरी कार्यालयहरुको अवस्था अवलोकन तथा निरीक्षक गर्न पुर्व आइपुगेका खापुगंले हाल रहेको इलाका प्रहरी कार्यालय इटहरी , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी साथै इलाका प्रहरी कार्यालय इटहरी सञ्चालनको तयारी गरिरहेको इटहरी रंगशालामा रहेको भवन लगायतको अवलोकन निरीक्षण गरेका हुन । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण प्रयोगविहिन बनेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको नागरिक स्तरबाट निर्माण भई रहेको भवन समेत नेपाल प्रहरीका महानिरीक्षक खापुगंले अवलोकन तथा निरीक्षण गरेका छन ।

जेनजी आन्दोलनका कारण प्रयोगविहिन वन्न पुगेको ट्राफिक कार्यालय सञ्चालनका लागि इटहरीमा नारिक स्तरबाट पुन निर्माण उपभोक्ता समिति उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको संयोजकत्वमा वनाएर कार्यालय निमार्णको काम गरिदै आएको छ ।

ट्राफिक प्रहरीलाई कार्यालय सञ्चालनका लागि ६ कोठाको भवन वनाउने गरी काम भई रहेको नागरिक समाज इटहरीका पुर्व अध्यक्ष सन्तवहादुर डुम्जनले जानकारी दिए । निरीक्षणकै क्रममा प्रहरी महानिरीक्षक खापुगंले इटहरी रंगशालामा इलाका प्रहरी कार्यालय इटहरी सञ्चालनका लागि गरिदै आएको तयारीको अवस्था लगायतका विषयमा जानकारी सहित अवलोकन निरीक्षण गरेका छन ।
News Desk 0 response मङ्लबार, अशोज २८, २०८२
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३