• इटहरी । नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुगंले सुनसरीको इटहरीमा रहेका प्रहरीका विभिन्न युनिटहरुको अवलोकन तथा निरीक्षण गरेका छन ।

    जेनजी आन्दोलनपछि पुर्वी नेपालका प्रहरी कार्यालयहरुको अवस्था अवलोकन तथा निरीक्षक गर्न पुर्व आइपुगेका खापुगंले हाल रहेको इलाका प्रहरी कार्यालय इटहरी , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी साथै इलाका प्रहरी कार्यालय इटहरी सञ्चालनको तयारी गरिरहेको इटहरी रंगशालामा रहेको भवन लगायतको अवलोकन निरीक्षण गरेका हुन । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण प्रयोगविहिन बनेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको नागरिक स्तरबाट निर्माण भई रहेको भवन समेत नेपाल प्रहरीका महानिरीक्षक खापुगंले अवलोकन तथा निरीक्षण गरेका छन ।

    जेनजी आन्दोलनका कारण प्रयोगविहिन वन्न पुगेको ट्राफिक कार्यालय सञ्चालनका लागि इटहरीमा नारिक स्तरबाट पुन निर्माण उपभोक्ता समिति उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको संयोजकत्वमा वनाएर कार्यालय निमार्णको काम गरिदै आएको छ ।

    ट्राफिक प्रहरीलाई कार्यालय सञ्चालनका लागि ६ कोठाको भवन वनाउने गरी काम भई रहेको नागरिक समाज इटहरीका पुर्व अध्यक्ष सन्तवहादुर डुम्जनले जानकारी दिए । निरीक्षणकै क्रममा प्रहरी महानिरीक्षक खापुगंले इटहरी रंगशालामा इलाका प्रहरी कार्यालय इटहरी सञ्चालनका लागि गरिदै आएको तयारीको अवस्था लगायतका विषयमा जानकारी सहित अवलोकन निरीक्षण गरेका छन ।

4565