-
इटहरी । नेवा मिसा दबु इटहरीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जमुना मानन्धरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
निर्वाचित समितिमा उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा रञ्जु श्रेष्ठ, सह–सचिवमा निर्मला प्रधान, कोषाध्यक्षमा सम्झना श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरूमा गीता श्रेष्ठ, सबिता देवी प्रधान, रमिला श्रेष्ठ, कुमारी श्रेष्ठ लगायत रहेका छन् ।
अधिवेशनको अवसरमा संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठलाई संस्थाको स्थापना तथा विस्तारमा पु(याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । प्रमुख अतिथि नेवा देय दबुकी केन्द्रीय सदस्य विमला प्रधानले श्रेष्ठलाई सम्मान गरेकी थिन ।

नेवा मिसा दबु इटहरीले महिला नेवारी समुदायबीच भाषा, संस्कार, संस्कृति र कलाको संरक्षणमा जोड दिँदै युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्दै आएको जनाएको छ ।

उद्घाटन सत्रमा नेवा पुच इटहरीका अध्यक्ष कालीदास श्रेष्ठ, नेपा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जितेन्द्र श्रेष्ठ , नेवा देः दबु इटहरीका अध्यक्ष लक्ष्मिभक्त श्रेष्ठ, नेवा मिसा पुचकी अध्यक्ष गंगा श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । अधिवेशनको उद्घाटन सत्र कार्यवाहक अध्यक्ष जमुना मानन्धरको अध्यक्षतामा सम्पन्न भएको हो ।
News Desk 0 response मङ्लबार, अशोज २८, २०८२
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





