-
इटहरी । देशकै सर्वाेतकृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत भई ३० वर्ष लामो इतिहास बोकेको सुरक्षित र दिगो सस्थाको रुपमा स्थापित भएको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो २४ औं वार्षिक साधारण सभा इकाईगत रुपमा सम्पन्न गरेको छ ।
२४ हजार ४ सय ३२ जना सेयर सदस्य रहेको किसान कल्याण सहकारीले असोज २२ गते देखि ७ वटा इकाईहरुमा कार्यक्रम सम्पन्न गरि गरी प्रधान कार्यलय इटहरीको पनी विविध कार्यक्रम गरि सम्पन्न गरेको हो ।
वार्षिक साधारण सभामा अध्यक्ष शालिकराम ढकालले अध्यक्षको प्रतिवेदन , लेखा समितिका सदस्य खेमनाथ न्यौपानेले लेखा प्रतिवेदन र संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले संस्थाको आर्थिक वर्ष २०८१।०८२को आयव्यय सहितको बार्षिक कार्य प्रगति प्रतिवेदन तथा आगामी वर्ष २०८२।०८३ को कार्यक्रमको बजेट प्रस्तुतिकरण गरेका थिए । सहकारीका विषयमा जानकारी दिदै अध्यक्ष ढकालले २४ हजार ४ सय बढी सेयर सदस्य रहेको सस्थामा १अर्ब ४६ करोड ६३ लाख कुलपुँजी रहेको साथै ६३ जना कर्मचारीहरुले सेवा दिदै आएको जानकारी गराए ।
सोही कार्यक्रममा सस्थाका शेयर सदस्य पुष्पराज भट्टराईद्वारा लेखिएको ६७४ पृष्ठको कृषि र पर्यटक समृद्धिको आधार नामक पुस्तकको पनी लोकार्पण गरिएको छ ।
उनले विभिन्न शिर्षकमा बचत संकलन गर्ने देखि लिएर विभिन्न १० भन्दा बढी शिर्षकमा ऋण लगानी गर्ने गरेको समेत जानकारी दिए ।
साधारणसभामा सस्थाले उत्कृष्ट कारोबार गर्ने १२ जनालाई सम्मान पत्रले सम्मान समेत गरेको छ ।
सस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्ष्तामा भएको कार्यक्रममा इटहरी उपमहानगर पालिकाकी पूर्व उप–प्रमुख लक्ष्मी गौतम, वडा नं. १६ का वडा अध्यक्ष तेजनारायण चौधरी, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, प्रमुख सल्लाहकार कृष्ण विनोद लम्साल, सल्लाहकार पेशल कुमार लम्साल तथा विभिन्न सेवा केन्द्रका प्रमुख, पदाधिकारी ,शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
News Desk 0 response शनिबार, अशोज २५, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३