-
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानले अबको परिस्थितिमा प्रभावकारी रूपमा काम गर्न नसक्ने भन्दै संशोधनसहित परिमार्जन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
शुक्रबार राजधानीमा सम्पादकहरूसँग भएको छलफलका क्रममा प्रचण्डले संविधानका केही प्रावधानले व्यवहारमा चुनौती सिर्जना गरिरहेको बताउँदै राष्ट्रिय सहमतिका आधारमा सुधारको आवश्यकता औंल्याए।
“यो संविधानले अहिलेकै रूपमा काम गर्दैन, संशोधन र परिमार्जन आवश्यक छ,” प्रचण्डले भने, “त्यसका लागि सबै दलबीच राष्ट्रिय सहमति आवश्यक छ।
उनले राष्ट्रिय स्वाधीनताको सवालमा हाल देखिएको बाह्य हस्तक्षेपलाई गम्भीर चुनौतीका रूपमा लिँदै भने, “राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप पहिले कहिल्यै थिएन, अहिले यो विषय गम्भीर चुनौतिका रूपमा उभिएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डले देशमा राजनीतिक संकट अझै कायमै रहेको उल्लेख गर्दै, जेनजी युवा आन्दोलनले संविधान र शासन प्रणालीबारे नयाँ सोच र विमर्शको वातावरण बनाएको टिप्पणी गरे।
माओवादी केन्द्रले यसअघि नै संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ। प्रचण्डले पनि सो प्रस्तावलाई पुनः दोहोर्याउँदै वर्तमान शासन प्रणालीले राजनीतिक स्थायित्व र उत्तरदायित्व सुनिश्चित गर्न नसक्ने दाबी गरे।
News Desk 0 response शुक्रबार, अशोज २४, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२