-
मोरङ । अहमदिया मुस्लिम जमात नेपालको वार्षिक क्षेत्रीय ईजतमा विहीबार मोरङको ग्रामथान–२, झोराहाटमा एकदिने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख आतिथ्य मजलीस अनसारुल्लाह नेपालका राष्ट्रिय अध्यक्ष मोहम्मद इस्माइल मियाँले गरेका थिए।ईजतमा अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर मियाँ, सेराज अहमद सुनसरी, नईम अहमद झापा, सज्जाद अहमद मोरङ, लगायतका धर्मगुरु र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य ‘सबैलाई माया गरौं, कसैलाई घृणा नगरौं’ भन्ने इस्लामको मूल शिक्षालाई व्यवहारमा उतार्ने रहेको बताइएको छ।कार्यक्रमको उद्घाटन पवित्र कुरान पाठबाट गरिएको थियो। त्यसपछि विभिन्न सत्रहरूमा धार्मिक प्रवचन, सामूहिक प्रार्थना, इस्लामी तालिम, र म्युजिक चेयर लगायतका रमाइलो प्रतियोगिता सञ्चालन गरिएका थिए।

बन्द सत्रमा धर्म, एकता र आपसी सद्भावका विषयमा वक्ताहरूले मन्तव्य राखेका थिए। वक्ताहरूले समाजमा फैलिएको विभेद र हिंसालाई अन्त्य गरी प्रेम, सहिष्णुता र सहअस्तित्वमा आधारित समाज निर्माण गर्न अहमदिया समुदायको योगदान महत्वपूर्ण रहेको बताएका थिए।
मोरङ, सुनसरी र झापाका विभिन्न क्षेत्रबाट करिब सयौं महिला तथा पुरुष सदस्यहरूको सहभागिता रहेको सो कार्यक्रममा सहभागीहरूले समुदायबीचको एकता र सहयोगमा जोड दिएका थिए।

कार्यक्रमका अन्त्यमा खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो।
ईजतमा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीहरूलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको आयोजक समितिले जनाएको छ।कार्यक्रमको आयोजना मजलीस अनसारुल्लाह, मजलीस खुद्दमुल अहमदिया, लज्ना ईमाईल्लाह नेपाल र भातृ संगठन अहमदिया मुस्लिम जमात नेपालले संयुक्त रूपमा गरेका थिए।
News Desk 0 response बिहिबार, अशोज २३, २०८२
अहमदिया समुदायका अनुसार यस किसिमका ईजतमाहरूले धार्मिक चेतना, आपसी एकता र सेवाभावलाई मजबुत बनाउने उदेश्य रहेको पनी आयोजकले बताए ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३

लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३