-
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्बन्धमा निर्वाचन आयोगले अब राजनीतिक दलहरूसँग व्यापक छलफल गर्ने तयारी गरेको छ ।
आयोगले ३० असोजका दिनका लागि सबै दललाई छलफलका लागि बोलाउने निर्णय गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफलका लागि आवश्यक तयारी पूरा भइसकेको छ भने औपचारिक पत्राचारको प्रक्रिया सुरु हुन बाँकी छ ।
उनले भने, “दलहरूसँग छलफल गर्ने असोज ३० का लागि तयारी भएको छ, औपचारिक पत्र लेख्ने काम बाँकी छ ।”
यसअघि निर्वाचन आयोगले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्दै कार्यतालिका समेत सार्वजनिक गरेको थियो । तर, मिति घोषणा र कार्यतालिका तयार पार्ने क्रममा राजनीतिक दलहरूसँग कुनै प्रकारको परामर्श नगरेको भन्दै आयोग र सरकारमाथि विभिन्न दल तथा राजनीतिक विश्लेषकहरूले आलोचना गर्दै आएका थिए ।
दलहरूका अनुसार निर्वाचनजस्तो संवेदनशील राष्ट्रिय प्रक्रियामा आयोगले सबै सरोकारवालासँग पूर्व–परामर्श गरी साझा समझदारीमा अघि बढ्नुपर्नेमा त्यसो नगर्नु गलत अभ्यास भएको बताएका छन् ।
यसैबीच, आयोगले भने निर्वाचनको तयारी तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ । आयोगका अधिकारीहरूका अनुसार मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र निर्धारण, प्राविधिक पूर्वाधार तयारी र सुरक्षा संयोजनका काम चरणबद्ध रूपमा अघि बढाइएका छन् ।
आगामी ३० असोजको छलफलमा निर्वाचन मिति, कार्यतालिका, दल दर्ता प्रक्रिया, खर्च सीमांकन, आचारसंहिता र मतदाता शिक्षा कार्यक्रमलगायत विषयमा गहन बहस हुने आयोगको तयारी छ ।
आयोगका एक अधिकारीका अनुसार, “यो छलफलमा दलहरूको सुझावलाई प्राथमिकताका साथ सुन्ने र आवश्यक परे कार्यतालिकामा समायोजन गर्ने सम्भावना पनि रहनेछ ।”
राजनीतिक विश्लेषकहरूले पनि आयोगको यो कदमलाई सकारात्मक भनेका छन् । उनका अनुसार, सुरुवातमा देखिएको असन्तुष्टि अन्त्य गर्न र निर्वाचनलाई सर्वपक्षीय विश्वासयोग्य बनाउन यो छलफल निर्णायक हुने अपेक्षा गरिएको छ ।
यसअघि सरकार र निर्वाचन आयोगबीच निर्वाचन व्यवस्थापन, सुरक्षा संयोजन र बजेट व्यवस्थापनसम्बन्धी प्रारम्भिक छलफल भएको थियो । अब दलहरूसँगको भेटपछि आयोगले औपचारिक निर्वाचन कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।
News Desk 0 response बुधबार, अशोज २२, २०८२
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३