-
धरान । विजया दशमी अन्र्तगत नौरथा भरी शक्ती स्वरुपा देवीहरुको पुजाअर्चना गरि मनाउने गरिन्छ ।
कोशी प्रदेशमा रहेका विभिन्न जिल्लामा रहेका शक्तीपिठहरु मध्ये सुनसरीको ऐतिहासिक धार्मिक महत्व बोकेको विजयपुर क्षेत्रमा रहेको दन्तकाली मन्दीरमा पनि दशैंका अवसरमा विशेष पुजाअर्चना हुने गरेको छ । अन्य समयमा भन्दा दशैंको समयमा दन्तकाली मन्दिरमा वढी भक्तजनहरुको भुइचो हुने गरेको छ । दशैं अन्तरगत नौरथा लागेसंगै देश विदेशबाट समेत दन्तकाली मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । महादेवकी पत्नी सतीदेवीको दन्त पतन भएको ठाँउका रुपमा हिन्दु धर्मालम्वीहरुले दन्तकालीलाई पुज्ने गरेका छन । सतीदेवीले आत्मदाह गरेपछि विरक्तीएका महादेवले मत्यलोकमा सतीदेवीको मृत शरिर लिएर हीड्ने क्रममा सुनसरीको विजयपुर क्षेत्रमा आइपुग्दा सतीदेवीको दाँत झरेको मिथकका आधारमा हिन्दु धर्मालम्वीहरुले यो क्षेत्रलाई पावन भुमीका रुपमा पुजा गर्ने गर्दछन ।

दन्तकाली मन्दिरमा बली समेत चढ्ने गरेको छ । अन्य समयको तुलनामा दन्तकालीमा दशैको अष्ठमीका दिन विशेष पुजाअर्चनाका साथै ठुलो संख्यामा बली चढाउने गन्छि । आफुले चिताएको पुर्रयाई दिने विश्वासका साथ भाकल गर्नेहरु विजया दशमी अन्र्तगत अष्ठमीका दिन बली चढाउन आउने गर्दछन । दन्तकाली मन्दिरको पुजा अर्चना र बली चढाउन आएकाहरु सतीदेवीसंग जोडिएको मिथकका आधारमा आफुहरु यस पावन भुमिमा आएको वताउछन । विगतको तुलनामा यस पटक दन्तकाली मन्दिरमा आउने दर्शनार्थीहरुको संख्या घटेको देखिन्छ । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न ठाउँमा मानिसहरुले ज्यान गुमाएको तथा भौतिक संरचनाहरुमा भएको क्षतिका कारण समेत दर्शनार्थीहरुको संख्या घटेको अनुमान गरिन्छ । दन्तकाली मन्दीरमा नेपालका विभिन्न ठाँउका साथै छिमेकी मुलुक भारतवाट समेत भक्तजनहरु पुजाअर्चना र दर्सनका लागि आउने गरेका छन ।

नौरथामा दन्तकाली मन्दिरमा आउने भक्तजनहरु ऐतिहासीक महत्व वोकेको विजयपुर क्षेत्रमा रहेका पिण्डेश्वर , बुढासुब्बा ,पञ्चकन्या लगायतका मन्दिरहरुमा पुजाअर्चना गर्ने गरेका छन । दन्तकालीमा दशैंको अवसरमा नौरथा भरिनै भक्तजनहरुको भिड लाग्ने गरेको छ । अन्य समयमा पनि विजयपुर क्षेत्रमा रहेका मन्दिरहरुमा पुजा अर्चनाका लागि ठुलो संख्यामा मानिसहरु आउने गरेका छन ।
News Desk 0 response मङ्लबार, अशोज १४, २०८२
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३